
काठमाडौं, २३ जेठ । गृहमन्त्री रामबहादुर थापा बादलले समयमा काम पूरा नगर्ने ठेकदार प्रचण्डकै घरधनी भए पनि कारबाही गरिने बताएका छन्।
आज बुधवार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा थापाले उक्त कुरा बताएका हुन । प्रचण्डको घरधनीले नै समयमा काम पूरा नगरेको उदाहरण दिँदै कारबाही गर्नुहुन्छ कि हुन्न भन्ने पत्रकारको जिज्ञासामा उनले भने ‘घरधनी होस्, सांसद होस् वा ठूलै नेता किन नहोस्, कानुन मान्दैन, राज्यलाई धोका दिन्छ भने कारबाही हुन्छ ।’
ठेकेदारले समयमा काम पूरा नगरेमा वा ठेक्काको अवहेलना गरेमा त्यसलाई सरकारले गैरकानुनी र ठगी ठान्ने भन्दै गृहमन्त्री थापाले त्यस्ता सबैलाई कारबाही हुने बताए ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डको घरधनी शारदाप्रसाद अधिकारीले काठमाडौं वरपर दर्जनौं ठेक्का लिएर समयमा काम पूरा नगरेको आरोप लागेको छ ।







प्रतिक्रिया दिनुहोस्