ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिंगापुरमा ट्रम्प र किमको सुरक्षा गोर्खा सैनिकको हातमा


एबीसी न्यूज
जेष्ठ २२, २०७५ मंगलबार  ३ : ३६ बजे

काठमाडौं, २२ जेठ ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको बहुप्रतिक्षित वार्ता आगामी मंगलबार सिंगापुरमा हुने भएको छ । जून १२ मा स्थानीय समय अनुसार विहान ९ बजे दुई नेताबीच भेट हुने हृवाइट हाउसले बताएको छ ।

सिंगापुरमा भेटवार्ता गर्दा ट्रम्प र किमलाई सुरक्षा भने गोर्खा सैनिकले गर्ने भएका छन् । दुवै नेताले आ–आफ्ना सुरक्षाकर्मी ल्याउने भए पनि वार्तास्थल, सडक र होटलको सुरक्षा भने सिंगापुर प्रहरीको उत्कृष्ट गोर्खा दस्ताले गर्ने भएको हो ।

यसअघि भारतीय प्रधानमन्त्रीका साथै क्षेत्रीय मन्त्रीहरु उपस्थित सुरक्षा सम्मेलनका क्रममा साग्रिला होटलको सुरक्षा गोर्खा सैनिकहरुले नै दिएका थिए ।

सिंगापुर प्रहरीमा भर्ती भएका गोर्खाहरुले रक्षा कवच, बेल्जियममा बनेको एफएन एससीएआर कम्ब्याट राइफल र पेस्तोलसहित सुरक्षा दिनेछन् । सबै अत्याधुनिक हतियारका बाबजुद गोर्खा सैनिकहरु खुकुरीलाई छाड्दैनन्, जुन उनीहरुको परम्परागत रोजाईको हतियार हो । उनीहरुको मान्यताअनुसार खुकुरीलाई प्रत्येकपल्ट म्यानबाट निकालेपछि यसले रगत बगाउनै पर्छ ।

‘उनीहरु सिंगापुरले उपलब्ध गराउन सक्ने सबैभन्दा उत्कृष्ट सुरक्षाकर्मी हुन् र उनीहरु सम्मेलनमा सहभागी हुनेमा म निश्चित छु’ इन्टरनेसनल इन्ष्टिच्युट फर स्ट्राटेजिक स्टडिज (आईआईएसएस) सिंगापुरको सुरक्षा बल विज्ञ टिम हक्सलीले रोयटर्ससँग भने ।

उनले अघि भने, ‘उनीहरु धेरै मजबुत अग्रपङ्तिको फौजको रुपमा चिनिन्छन् र यस्तो खालको कार्यक्रमहरुको व्यवस्थापन गर्न गोर्खाहरुले विशेष रुपमा तालिम पाएका हुन्छन् ।’

सिंगापुर प्रहरीका प्रवक्ताले कति सङ्ख्यामा गोर्खाहरु खटाइनेछन् भन्ने बारेमा भने प्रतिक्रिया दिन चाहेनन् । आईआईएसएस मिलिटरी ब्यालेन्सका अनुसार ६ प्यारामिलिटरी कम्पनीमा गरी १८०० गोर्खाहरु सिंगापुर प्रहरीमा कार्यरत रहेका छन् ।

ब्रिटिस औपनिवेशिक कालको इतिहास र हालको सिंगापुरको व्यवहारिक नेतृत्वको एक हिस्साको रुपमा रहेका गोर्खाहरु बेलायती परम्परासँग जोडिएका छन् । जसअनुसार नेपाली सैनिकहरुलाई दुई सय वर्षदेखि विशेष फौजको रुपमा भर्ती गरिएको छ ।

१९ औं शताब्दीको नेपाल–अङ्ग्रेज युद्धमा बेलायती सेना धेरै ठाउँमा नेपाली सैनिकहरुबाट पराजित भएको थियो । उनीहरुको वीरता र युद्धकौशलबाट प्रभावित भएपछि औपनिवेशिक बेलायतीहरुले उनीहरुलाई आफ्नो सेनामा भर्ती गराउन थाले ।

अहिले गोर्खा सैनिकहरु नेपाल, भारत, बेलायती सेनाको साथै सिंगापुर र ब्रुनाइमा समेत कार्यरत छन् । गोर्खा सैनिकले दुवै विश्वयुद्ध, फकल्याण्ड युद्धको साथै हालसालै अफगानिस्तानमा समेत लडाईमा भाग लिएका छन् ।

बलिया, सर्तक र दृढ

आईआईएसएसका सिंगापुरको सुरक्षा बल विज्ञ हक्सलीले भन्छन्, ‘गोर्खाहरु सिंगापुरको नेतृत्वको विशेष सम्पती हुन्, जसले जातीय विविधता भएको शहरी राज्यमा तटस्थ फौजको रुपमा भीआईपी र दंगा नियन्त्रण सुरक्षामा विशेष योगदान दिएका छन् ।’

क्षेत्रीय तनावको समयमा उनीहरुले अन्तर्राष्ट्रिय विद्यालयहरुको सुरक्षा दिनुका साथै कहिलेकाहीँ मलेसिया र सिंगापुरको सीमा नाकामा पनि उनीहरु तैनाथ गरिन्छन् ।

सिंगापुर प्रहरीको वेबसाइटले यो फौजलाई ‘बलिया, सतर्क र दृढ’ भएको जनाउँदै यसले ‘सिंगापुरको सुरक्षामा अर्धसैन्य अपरेसनको विस्तारमा काम गर्ने’ जनाएको छ ।

उनीहरु आफ्नो परिवारको साथमा शहरबाहिर सुरक्षित माउन्ट भर्नोन क्याम्पमा बसोबास गर्ने गर्छन्, जहाँ सिंगापुरका अन्य नागरीक प्रवेश गर्न पाउँदैनन् ।

क्याम्पमा बसोबास गर्ने एक गोर्खाकी श्रीमतीका अनुसार त्यहाँको जीवन प्रतिबन्धित छ । ‘हामीलाई मध्यरातपछि कफ्र्यू छ । यदि बाहिर बस्नैपर्ने भयो भने महिलालाई छुट दिइन्छ तर, पुरुषको लागि कुनै छुट छैन,’ उनले भनिन् ।

‘बेलुका साढे दश बजेभित्र सुतिसक्नुपर्छ । संगीत र अन्य कुरा प्रतिबन्धित छ । यदि पार्टी छ भने पनि समयमै बन्द गर्नुपर्छ । होइन भने गस्तीमा आएकाले बन्द गरिदिन्छन् ।’

विशेषगरी १८ र १९ को उमेरका युवाहरु नेपालमै छानिएर भर्ती भएपछि तालिमको लागि सिंगापुर आउँछन् ।

तालिमपछि सिंगापुर प्रहरीको रुपमा कार्यरत हुने उनीहरुले ४५ वर्षको उमेरमा अवकाश पाउँछन् । उनीहरुका बालबच्चाहरु स्थानीय विद्यालयमा पढ्ने गर्छन् । तर, गोर्खा सैनिकहरुले स्थानीय महिलाहरुलाई विवाह गर्न पाउँदैनन् ।

तालिम र संगठनात्मक भूमिकाको लागि केही सङ्ख्यामा पूर्व बेलायती सैनिकका अफिसरहरुले सिंगापुर प्रहरीको उच्च नेतृत्वमा सपथ लिएका हुन्छन् । ‘सिंगापुर प्रहरीको गोर्खा दस्ता र बेलायती सैनिकको सम्बन्ध गहिरो र बलियो छ, उनीहरु एक राम्रो परम्पराको हिस्सा हुन्’ एक बेलायती सेनाका अधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com