ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं. २ मा चलखेल गर्नेहरुको दिन समाप्त : अध्यक्ष प्रचण्ड


admin
जेष्ठ २१, २०७५ सोमबार  १ : २७ बजे

पोखरा, २१ जेठ । नेपाल कम्युष्टि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई नम्बर प्रदेशमा चलखेल गर्नेहरुको दिन समाप्त भएको बताउनुभएको छ ।

पोखरामा सोमबार नेपाल पत्रकार महासँघ प्रदेश नं ४ द्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुदै संबिधान संशोधनको सम्झौता गरेसँगै संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउएर समाप्त पारेको बताउनुभएको हो ।

उहाले फोरम सरकारमा आएसँगै दुईतिहाई बहुमत पुगेको बताउनुहुदै केन्द्र सरकारकै प्रभावमा प्रदेश दुईमा सरकार बन्ने बाटो खुलेको बताउनुभयो । दुई नम्बर प्रदेशलाई बाँकी प्रदेशहरुको स्थिति भन्दा अलग गराउने र त्यहाँ चलखेल गरेर सरकारलाई अस्थीर बनाउने कसैले सपना देखेको कारण त्यसको ढोका बन्द गरिएको बताउनुभयो ।

उहाले अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले त्यसको विकल्पबारे छलफल भएको समेत बताउनुभयो । नेपालको निर्वाचन प्रणाली निकै खर्चिलो भएको भन्दै अध्यक्ष प्रचण्डले कमखर्चिलो र सवसाधारणले पनि निर्वाचन लड्न सक्ने खालको निर्वाचन प्रणाली अपनाउनु पर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले एमाले–माओवादीको पार्टी एकताले अन्तराष्ट्रिय हिसावमै धरापमा परेको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताउनुभयो ।

उहाले विश्वबाटै हराउन लागेको कम्युनिष्ट आन्दोलनलाई नेपालको पार्टी एकीकरणले नयाँ उमंग संचार भएको बताउनुभयो ।

‘अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन धरापमा परेको अवस्थामा नेपालमा एकीकरण हुदाँ फरक तरगं पैदा भएको छ । यसले देशभित्र र बाहिर सबैतिरबाट भिन्न अपेक्षा छ, उहाले भन्नुभयो –हाम्रो एकीकरणले कम्युनिष्ट आन्दोलनको भविष्य उज्वल छ भन्ने सन्देश नेपालबाट गएको छ ।’ उहाले अबका दिनमा राजनैतिक कारणले विकास नरोकिने विस्वास समेत व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

तल्लो तहलाई प्रचण्डको “सेक्रेट” परिपत्र: मतगणना नहुन्जेल मतपेटिका नछोड्नू

प्रचण्डको कार्यकर्तालाई निर्देशन– यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्

सम्बन्धित

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com