
काठमाडौं , २१ जेठ, । कृषिमन्त्री चक्रपाणि खनालले काठमाडौंको कालिमाटीस्थित तरकारी बजारको अनुगमन गरेका छन् ।
कालिमाटी तरकारी बजारमा विकृति रहेको गुनासो दिन प्रतिदिन बढदै गएपछि मन्त्री खनालले आज सोमबार अनुगमन गरेका हुन् ।
कृषिराज्यमन्त्री रामकुमारी चौधरी, मन्त्रालयका अधिकारी, सञ्चारकर्मीसहित सोमबार बिहानै कालिमाटी पुगेका मन्त्री खनालले ३ दर्जन पसलको अनुगमन गरे ।
अनुगमनका क्रममा मन्त्री खनालले स्टलको भाडा, तरकारीको भाउ के छ भनेर सोधेका थिए ।
अनुगमनपछि मन्त्री खनालले तरकारी कालिमाटी बजार व्यवस्थापन समितिलाई बजार व्यवस्थित गर्न निर्देशन समेत दिए ।







प्रतिक्रिया दिनुहोस्