
काठमाडौं, २० जेठ । केही हप्ता अघिमात्र नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुन नेपाल आउने भएका छन् ।
उनि भदौमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) नामक क्षेत्रीय संगठनको चौंथो शिखर सम्मेलन काठमाडौं गर्न प्रस्ताव गर्ने मन्त्रिपरिषदको निर्णयसँग मोदी नेपाल आउने बाटो खुलेको हो ।
मन्त्रिपरिषदको आइतबारको एउटा निर्णयसँगै भारतीय प्रधानमन्त्री मोदी र बर्माकी विदेशमन्त्री आङ सान सुचीसम्मका एसियाली नेताहरु आगामी भदौमा नेपाल आउने छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले शिखर सम्मेलनको मिति आगामी भदौ १४ र १५ गते अथवा २१ र २२ गते गर्ने प्रस्ताव सदस्य राष्ट्रहरुसँग गर्ने निर्णय गरेको छ ।
हाल नेपाल अध्यक्ष रहेको यो क्षेत्रीय संगठनको सदस्यको रुपमा बंगलादेश, भारत, म्यान्मार (बर्मा), श्रीलंका, थाइल्याण्ड, भूटान र नेपाल सदस्य राष्ट्रको रुपमा छन् । सार्कको अर्को सदस्य राष्ट्र पाकिस्तान भने बिमस्टेकमा सहभागी छैन ।
शिखर सम्मेलनको आवश्यक तयारीका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् ।







प्रतिक्रिया दिनुहोस्