
काठमाडौँ, २० जेठ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको राजश्व र व्ययमाथिको सैद्धान्तिक छलफल आज सकिदैछ । गत बिहीवार सुरु छलफल तेस्रो दिन आज सक्ने तयारी संघीय संसद सचिवालयको छ ।
एक साथ सुरु छलफल राष्ट्रिय सभामा भने गत शुक्रवार नै सकिएको थियो । बिहान ११ बजेका लागि बोलाईएको प्रतिनिधिसभाको बैठकमा बोल्न बाँकी सांसदहरुले धारणा राखेपछि अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिने कार्यसूची छ ।
यसअघिका छलफलमा भाग लिदै सांसदहरुले बजेटले संघीयतालाई उपेक्षा गरेको, वाम गठबन्धनको घोषणा पत्र अनुसार आउन नसकेको, जनता झुक्याउने काम मात्र भएको भन्दै आलोचना गरेका थिए ।







प्रतिक्रिया दिनुहोस्