काठमाडौं, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल चौथो पटक विस्तार गरेका छन्। संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र अर्का नेता इस्तियाक राईले आज मन्त्रीको सपथ लिएका हुन्।
संघीय समाजवादी फोरमलाई समेटेर सरकार विस्तार गर्ने क्रममा प्रधानन्त्री ओलीले दुई उपप्रधानमन्त्री बनाएका छन् ।
रक्षामन्त्री ईश्वर पोखरेलको उपप्रधानमन्त्रीमा बढुवा भएको छ । यस्तै फोरम अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री बनेका छन् । दुबैले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका छन् ।
यादवले मन्त्रीमण्डल सदस्यहरुको वरीयतामा तेस्रो स्थान पाएका छन्।
यस्तै इस्तियाक राईन र गोकुल बास्कोटाले पनि मन्त्रीको सपथ लिएका छन् । राईन संघीय फोरमबाट शहरी विकासमन्त्री बनेका छन् । बास्कोटा भने मन्त्रिपरिषद्मा सहभागी हुन पाउने गरी सञ्चार राज्यमन्त्री थिए । तर, फोरमबाट मन्त्री थप्दा उनको पनि बढुवा भएको छ ।







प्रतिक्रिया दिनुहोस्