काठमाडौं, १७ जेठ । पार्टी एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकम दाहाल प्रचण्डले २१ पेज लामो अन्तरपार्टी निर्देशन जारी गरेका छन् ।
पार्टी सदस्यहरुलाई पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी दिन अन्तरपार्टी निर्देशन जारी गरिएको हो ।
अन्तरपार्टी निदेृशनमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र पेरिसडाँडा दुवै ठाउँमा रहने, मुख्य सचिवालय धुम्बाराहीमा रहने उल्लेख छ ।
त्यस्तै ६ सदस्यीय स्थायी आमन्त्रित सदस्यमा दुईजना टंक राई र निर्मला देवकोटा थपिएको उल्लेख छ ।
नेकपाले तीन महिनाभित्र सबै कमिटीहरुको एकीकरण सम्पन्न गर्न सातै प्रदेशमा कार्यदल गठन गरेको छ । त्यस्तै पार्टी एकता गर्ने यी कार्यदलले प्रदेश तथा जिल्ला संगठन कमिटी गठन गर्नका लागि अध्यक्ष, सचिव र सदस्यहरुको नामावलीसहितको प्रस्ताव तयार गरेर केन्द्रमा पठाउनुपर्ने कार्यादेश दिइएको छ ।
पूरा निर्देशन हेर्न यस लिंकमा क्लिक गर्नुहोस-







प्रतिक्रिया दिनुहोस्