ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीर अस्पताल सरसफाई अभियानमा सिताराम कट्टेललाई यस्तो लाग्यो आरोप


एबीसी न्यूज
जेष्ठ १७, २०७५ बिहीबार  ६ : ३६ बजे

काठमाडौं, १७ जेठ । स्वास्थ्य मन्त्री पद्य्मा अर्यालले वीर अस्पतालको नाममा चन्दा संकलन हुनु गैरकानुनी भएको भन्दै घटनाको छानविन गरिने बताउनुभएको छ ।

वीर अस्पतालको सरसफाईका लागी चन्दा संकलन भईरहेको समाचार सार्वजनिक भएपछि अस्पतालमा पत्रकार सम्मेलन गर्दे उहाले चन्दा संकलन गरि अस्पतालको सरसफाई गर्ने नीति सरकारको नभएको भन्दै यस बिषयमा छानविन हुने बताउनुभयो । उहाले वीरको रंगरोगन मन्त्रालयले गर्ने स्पस्ट पार्नुभयो । उहाले आफुले फोटो खिचाउनका लागी मात्रै कुचो नसमातेको स्पष्ट पार्दे वास्तविक रुपमा नै सरकारी अस्पतालको सफाईको खाचो रहेको धारणा राख्नुभयो ।

मन्त्री अर्यालले सुरुवाती चरण देखि अहिलेसम्म आइपुग्दा अस्पतालले मुहार फेरेको भन्दै यसमा सहयोग गर्नका लागी केहि संस्थाहरुको सहयोग लिईएको बताउनुभयो ।

कार्यक्रममा चिकित्सा विज्ञान राष्टिूय प्रतिष्ठानका उपकुलपति डाक्टर गणेश गुरुङले राम्रो कामको लागी जनताले सहयोग गर्नु स्वभावीक रहेको भन्दै चन्दा संकलन गरेरै अस्पतालको सफाई गर्ने कुनै नीति रहेको बताउनुभयो । पत्रकार सम्मेलनमा वीर अस्पतालमा सरसफाइ र रंगरोगन गर्नका लागि धुर्मुस–सुन्तली फाउन्डेसनले रकम उठाएको आरोपको सामाजिक अभियन्ता एवं कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले खण्डन गर्नुभयो । उहाले वीर अस्पतालको नाममा आफूहरुले चन्दा संकलन नगरेको बताउनुभयो ।

उहाले राम्रो काम गरेको भन्दै सहयोगीहरुले अस्पतालमा उपस्थित भएर सहयोग गर्न चाहन्छु भनेपछि अस्पताललाई जानकारी गराएर सहयोग लिएको दाबी गर्नुभयो । त्यस क्रममा पाएको सहयोगलाई सामाजिक सञ्जाल मार्फत पारदर्शी ढंगले सार्वजनिक गरेको उहाको भनाई छ । वीर अस्पतालको रंगरोगनको लागि हालसम्म १४ लाख ६४ हजार ८ सय ३५ रुपैंयाँ प्राप्त भएको उहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com