ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन काण्डका एसएसपी खत्रीको बयान सकियो, थुनछेक बहस सुरु


admin

काठमाडौं, १७ जेठ । सुन प्रकरणमा अभियुक्त एसएसपी श्याम खत्रीको थुनछेक बहस सुरु भएको छ।

करिब ४ घन्टा बयान लिईसकेपछि जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा उनको थुनछेक बयान सुरु भएको जिल्ला अदालतले जनाएको छ।

खत्रीका तर्फबाट अधिवक्ता हेमराज पन्तले बहस गर्दैछन् भने सरकारी तर्फबाट जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद ढकाल छन्।

खत्रीले बिहिबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका थिए । उनीमाथिको थुनछेक बहस पनि आजैबाट सुरु भएको हो ।

२९ जना अभियुक्त जिल्ला अदालतको आदेशले थुनामा गएपछि सुन तस्करीका मुख्य आरोपीमध्ये एक खत्रीले अदालतमा आफै आत्मसमर्पण गरेका हुन्। प्रहरीले उनलाई पक्राउ गर्न रेड कर्नर नोटिस समेत जारी गरेको थियो।

सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’ले खत्री विमानस्थलमा रहँदादेखि सम्पूर्ण सुन भित्राउने गरेको बयान दिएका थिए। खत्रीले एक किलो सुन पास गराउँदा ५० हजार रुपैयाँ लिने गरेको पनि गोरेले बयान दिएका थिए।

खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयानमा उल्लेख छ। उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका थिए।

खत्रीको बयानले सुन तस्करी प्रकरणको माथिल्लो संलग्नता खुल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com