
काठमाडौं , १७ जेठ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् ।
उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो ,।
जिल्ला अदालत मोरङका अनुसार उनको बयान सुरु भएको छ। आजै थुनछेक बहस हुने सम्भावना छ।
तस्करीका नाइकेमध्ये एक चुडामणि उप्रेती‘गोरे’ले खत्रीले नै आफ्नो सुन ओसार पसार गर्ने बयान दिएका थिए।
सो प्रकरणमा पक्राउ परेका ६ जना प्रहरी अधिकारीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ।
एसएसपी खत्री गत वर्ष पनि सुन तस्करीमा पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतले धरौटीमा छाडेकोमा पछि उच्च अदालतबाट साधरण तारेखमा छुटेपछि उनको जागिर जोडिएको थियो। गृह मन्त्रालयको छानबिन समितिले अनुसन्धान सुरु गरेलगत्तै उनी फरार भएका थिए।







प्रतिक्रिया दिनुहोस्