
काठमाडौं, १७ जेठ । नेपाल कम्युनिस्ट पार्टीले नाम परिवर्तन गर्ने भएको छ । आज निर्वाचन आयोगमा निवेदन दिइने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो । अन्डरलाइन हटाएर कोष्ठभित्र नेकपा राखिने नेताहरुले बताएका छन् ।
संसदीय दलका उपनेता नेम्वाङले ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ नामसहित दर्ताको लागि निवेदन दिइने जानकारी दिनुभयो । यसअघि तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणपछि ‘नेपाल कम्युनिस्ट पार्टी’ गठन भएको थियो ।
ऋषी कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा पहिल्यै दर्ता भएकाले ‘नेपाल कम्युनिस्ट पार्टी’मा ‘अन्डरलाइन’ राखेर आयोगमा निवेदन दिइएको थियो । तत्कालिन एमाले र माओवादी केन्द्रबीच ३ जेठमा पार्टी एकीकरण भएको र नया“ पार्टीको नाम नेकपा राखिएको औपचारिक घोषणा गरिएको थियो ।
३ जेठमै नवगठित नेकपाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । जेष्ठ १४ गते आवश्यक कागजात बुझाइए पनि निर्वाचन आयोगले भने अझै निर्णय लिइसकेको छैन ।







प्रतिक्रिया दिनुहोस्