बुटवल, १६ जेठ । प्रदेश ५ अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्वन्धि बिधेयक पारित भएको छ । अब ती तहमा रहेका पदाधिकारी र सदस्यले सेवा र सुबिधा पाउने बाटो खुलेको हो ।
प्रदेशसभा ५ को दोश्रो अधिबेशन अन्तर्गत आज बसेको चौथो बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्वन्धि पारिमार्जित बिधेयक पारित गरेको हो ।
बैठकले जिल्ला समन्वय समितिका प्रमुखको मासिक तलव भत्ता ४१ हजार रुपैया, उपप्रमुखको ३६ हजार रुपैया र सदस्यको १६ हजार रुपैया, उपमहानगरपालिकाका प्रमुखको ४० हजार रुपैया, उपप्रमुखको ३५ हजार रुपैया, वडाअध्यक्षको २६ हजार, कार्यपालिका सदस्यको १५ हजार रुपैया र वडा सदस्यको ९ हजार रुपैया पारित गरेको छ ।
त्यस्तै नगरपालिकाको प्रमुखको मासिक ३५ हजार रुेपैया, उपप्रमुखको ३० हजार रुपैया, वडा अध्यक्षको २५ हजार रुपैया, कार्यपालिका सदस्यको १३ हजार रुपैया, सदस्यको ८ हजार रुपैया र गाउपालिकाका अध्यक्षको मासिक ३० हजार रुपैया , उपाध्यक्षको २७ हजार रुपैया, वडा अध्यक्षको २० हजार रुपैया, कार्यपालिका सदस्यको १२ हजार रुपैया र सदस्यको ७ हजार रुपैया पारित गरेको छ ।
मासिक तलव ९ भत्ताका अतिरिक्त बैठक तथा भ्रमण भत्ता पनि बैठकले पारित गरेको छ । त्यस्तै आजको बैठकले प्रदेसभा नियमाबली २०७४ संसोधन स्वीकृत गरेको छ । त्यस्तैगरि प्रदेशसभा सचिबालय सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयकमाथि सैद्धान्तिक र दफावार छलफल भएको थियो ।त्यस्तै कार्यब्यबस्था समितिमा हेरफेर गरिएको छ । अबको अर्काे बैठक जेठ २५ गते बस्ने छ ।







प्रतिक्रिया दिनुहोस्