ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीको मन्त्रीहरुलाई ६ महिनाको अल्टिमेटम,


admin
जेष्ठ १६, २०७५ बुधबार  ५ : ३१ बजे

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ल्यापटप चलाउन नजान्ने मन्त्रीलाई पदबाट मुक्त गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालय र मन्त्रीपरिषद् बैठकमा कागजी ढड्दा प्रणाली हटाइने तथा कागजमुक्त बनाउने भन्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् ।

कागजमुक्त कार्यक्रम ६ महिनाधित्र कार्यान्वयन गर्ने भन्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई ल्यापटप चलाउन सिक्न ६ महिनाको समय दिएका छन् । त्यसपछि पनि ल्यापटप चलाउन नजान्ने मन्त्रीलाई बिदा दिने उनले घोषणा गरे ।

‘मैले मन्त्रीपरिषदमा भनि सकेको छु, अब कागजको ढ्ड्डा राख्दैंनौं , बैठक सुरु हुने बित्तिकै ल्यापटपमा कार्यक्रम र एजेण्डा आउँछ ।’ उनले भने, ‘६ महिनापछि आफैं ल्यापटप चलाउन नजाने अर्को चान्समा सिकेर आउनु होला, यहि ल्यापटप लिएर जानु भनेर बिदा गरिन्छ ।’ ६ महिना सम्म मन्त्रीले सहयोगीको सहयोग लिन सक्ने पनि बताए ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको १२औँ महाधिवेशन बुधबार राजधानीको राष्ट्रिय सभागृहमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सिंगो देशलाई सुचना प्रविधि बनाउने सरकारका योजनाहरु सुनाए ।

उनले शिक्षकहरुलाई आफ्नो विषयमा विज्ञ हुन पनि आग्रह गरे । ‘अंग्रेजी पढाउने शिक्षकले अंग्रेजी पढाउन जान्नै पर्छ, कमाण्ड छैन भने कमाण्ड गर्न सक्ने हुनुहोस्,’ उनले भने । ल्यापटप चलाउन नजान्ने मन्त्रीहरुलाई बिदाई गरेजस्तै पढाउन नसक्ने शिक्षकहरुलाई पनि बिदाई गरिने उनको भनाई थियो ।

‘सिकाईलाई प्रविधिमैत्री बनाउनु आवश्यक छ,’ उनले भने, ‘पढाई सकेपछि रोजगारी खोज्ने होइन, जागिरले योग्य जनशक्ति खोज्दै आउने वातावरण बनाईन्छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन ६ दिन बाँकी: आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

सम्बन्धित

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com