
काठमाडौं, १६ जेष्ठ । संघीय समाजवादी फोरम नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे भोली विहीवार औपचारिक निर्णय गर्ने भएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसँग गत सोमवार २ बुँदे सहमती भएपनि मन्त्रीको नाम तय गर्न सकेको छ्रैन । औपचारिक बैठक भोलीका लागि मात्र बोलाएको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
बैठकमा प्रस्तुत हुने एजेण्डाबारे आज पनि आन्तरिक छलफल गर्ने उनको भनाई छ । सत्ता नेतृत्वकर्ता दल नेकपाले शहरी विकास र स्वास्थ्य मन्त्रालय दिने प्रस्ताव गरेपछि फोरम नेपालबाट अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष श्रेष्ठ मन्त्री बन्न इच्छुक भएको एक स्रोतले जानकारी दिएको छ ।
यद्यपि पार्टीबाट अनुमोदन हुन बाँकी छ । सरकारले संबिधान संसोधनको मुद्दालाई अघि बढाउने सहमती भएसंगै संघीय समाजवादी फोरम सरकारमा सहभागी हुन लागेको हो । केन्द्रीय सरकारको समिकरणले प्रदेश २ मा पनि नेकपा र फोरमको सरकार बनाउन आन्तरिक तयारी सुरु भएको छ ।







प्रतिक्रिया दिनुहोस्