ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीसीका आधारमा गाडीमा अन्तशुल्क, हजार सीसीभन्दा बढी क्षमताका गाडीमा कस्तो छ अन्तशुल्कको भार ?


एबीसी न्यूज
जेष्ठ १६, २०७५ बुधबार  ८ : २६ बजे

काठमाडौं, १६ जेठ । सरकारले सवारी साधनको सीसीका आधारमा कर निर्धारण गर्दै अन्तशुल्क बढाएको छ। बजेटमार्फत महँगा गाडी र बाइकको अन्तशुल्क ४० प्रतिशतसम्म बढाएको छ।

अब ठूला सीसीका गाडी र बाइकको मूल्य बढ्नेछ। सरकारले बजेटमार्फत हजार सीसीभन्दा माथिका गाडी र डेढ सय सीसीभन्दा माथिका बाइकमा लाग्दै आएको अन्तशुल्क बढाएको हो।

यसअघि सबै गाडीमा अन्तशुल्क ६० प्रतिशत लाग्दै आएको थियो। लक्जरी गाडी र बाइकको अन्तशुल्क सय प्रतिशतसम्म पुगेको छ। राजस्व सचिव शिशिर ढुंगानाले सीसीका आधारमा कर निर्धारण भएको बताउँदै अब हजार सीसीसम्मका गाडीलार्इ अन्तशुल्कमा कुनै परिवर्तन नगरिएको जानकारी दिए।

‘हजार सीसीदेखि १५ सय सीसीसम्मको गाडीमा ६५ प्रतिशत अन्तशुल्क तिर्नुपर्नेछ’ यसमा पाँच प्रतिशत बिन्दुले अन्तशुल्क बढेको हो।

बजेटले १५ सय सीसीदेखि २ हजारसम्मको गाडीमा ७० प्रतिशत अन्तशुल्क पुर्याइएको छ। यो भनेको १० प्रतिशत बिन्दुले कर बृद्धि हो। बजेटले दुर्इ हजारदेखि २५ सयसम्ममा ८० प्रतिशत पुर्याइएको छ। बजेटमा २५ सयदेखि ३ हजार सीसीसम्मको गाडीमा ९० प्रतिशत अन्तशुल्क पुर्याइएको छ।

बजेटमा ३ हजारदेखि माथि गाडीलार्इ सय प्रतिशत अन्तशुल्क पुर्याइएको छ। बाइकमा समेत डेढ सय सीसीदेखि माथिमा अन्तशुल्क बढाइएको छ। हजार सीसीभित्रका सुजुकीको अल्टो तथा सेलेरियो , रेनल्टको क्वीड, हुन्डार्इको इयोन र डाट्सन गाडीको मूल्य यथावत रहनेछ।

नेपाल अटोमोबाइल डिलर्स एशोसिएसनका निर्वतमान अध्यक्ष अन्जन श्रेष्ठले हजार सीसीभन्दा बढीका गाडीको मूल्य बढाउने बताए। ‘तत्कालै मूल्य कति बढ्छ भनेर भन्न सकिने अवस्था छैन’ उनले भने।

उनले न्यूनतम एक लाख रुपैयाँदेखि सीसीका आधारमा मूल्य बढ्दै जाने जानकारी दिए। श्रेष्ठले अटो बजारलार्इ नयाँ बजेटले थप समस्यामा पार्ने बताए।

‘गाडीको कारोबार अहिले मन्दीको अवस्थामा थियो। तर अन्तशुल्क बढ्दा थप व्यापार संकटमा पर्नेछ’ उनले भने। नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले गाडीमा अन्तशुल्क बढाउने निर्णयले राजस्वमा अपेक्षित लाभ प्राप्त नहुने बताए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com