
काठमाडौं, १५ जेठ। सरकारले बजेट भाषणमार्फत ६ वटा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको छ ।
अब नागढुंगा–नौबिसे खण्डको निर्माण आगामी वर्षबाट सुरु गरिनेछ । त्यसैगरी टोखा–छहेर–गुर्ज भञ्ज्याङ खण्डमा पनि अर्को सुरुङ बनाउने भएको छ।
बिपी रामजमार्गको खुर्कोट–चियाबारी खण्डमा पनि सुरुङ बनाउने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । त्यसैगरी सिद्धार्थ राजमार्गमा सिद्धबाबामा पनि सुरुङ निर्माण गरिनेछ । बिपीनगर–खुटिया–दिपायल खण्डमा पनि सुरुङमार्ग बनाइनेछ ।
गणेशमानमार्गको थानकोट चिल्ताङ खण्डमा पनि सुरुङमार्ग बनाउने योजना ल्याइएको छ । त्यसैगरी कोटेश्वर जडिबुटी खण्डमा पनि सुरुङमार्ग बनाउने अर्थमन्त्रीले जानकारी दिएका छन् ।







प्रतिक्रिया दिनुहोस्