
काठमाडौं , १५ जेठ । स्थानीय तहसँगको सहकार्यमा प्रत्येक स्थानीय तहमा सम्भाव्यता हेरी रंगशाला, खेल मैदान, युवा क्लब र पार्क बनाउन सरकारले बजेट विनियोजन गरेको छ ।
आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले बालबालिका तथा युवाको शारीरिक र मानसिक विकासमा खेलकुदलाई जोड दिइने गरी बजेट कार्यक्रम ल्याइएको बताए ।
सबै प्रदेशमा न्यूनतम एक प्रदेश स्तरीय रंगशाला निर्माण गर्न बजेट व्यवस्था गरिएको उनले बताए ।
अन्तर्राष्ट्रिय जगतमा खेलकुद मार्फत नेपालको पहिचान विकास गर्न १८ औँ एसियाली खेलकुद र १३ औँ दक्षिण एसियाली खेलकुद र राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि समेत गरेर २ अर्ब ४ करोड रुपैयाँ बिनियोजन गरिएको उनले बताए ।







प्रतिक्रिया दिनुहोस्