
काठमाडौं, १५ जेठ । सरकारले आर्ज प्रस्तुत गर्ने ‘बजेट बुक’ संसद भवनमा पुगेको छ । सरकारले आगामी आर्थिक बर्षका लागि आज ल्याउन लागेको बजेटको किताव भर्खरै मात्र संसद भवन बानेश्वर पुर्याइएको हो । विहान १२ बजेदेखि छाप्न सुरु गरेको सो बजेट बुक सिंहदरबारबाट सोझै संसद भवन लगिएको हो । हाइलक्स गाडीमा राखेर बजेट र रातो किताब संसद भवन पुर्याएको हो ।
तर, अर्थमन्त्री डा. युवराज खतिवडा भने संसद भवन पुगिसकेका छैनन् । उनी बजेटको बारेमा ब्रिफिङ गर्न प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठकमै रहेको उक्त स्रोतले जानकारी दिएको छ ।







प्रतिक्रिया दिनुहोस्