काठमाडौं, १३ जेठ । नेपाल सोतोकान कराते संघमा बिष्णुबहादुर कार्की निर्वाचित हुनुभएको छ । सघंको ११ औं वार्षिक साभारणसभाबाट भएको निर्वाचनमा कार्की सर्बसम्मत रुपमा चयन हुनु भएको हो ।
यस्तै संघको उपाध्यक्षमा दुर्गाबहादुर खत्री, रमेश खत्री, अमरबहादुर रञ्जित र पीके श्रेष्ठ चयन हुनुभएको छ । यसैगरी सहसचिवमा श्याम शेर्पा, सचिवमा कृष्णराम श्रेष्ठ, कोषाध्यक्षमा ममिता श्रेष्ठ सर्वसम्मतले चयन हुनु भएको छ ।
संघको सदस्यमा अर्जुन महर्जन, दिपककुमार खड्की, कृष्णकुमार मानन्धर, डुवा छिरिङ लामा, प्रकाश नकर्मी, पुजा श्रेष्ठलयायत बिजयी हुनु भएको छ । नवनिर्वाचित अध्यक्ष कार्कीले नेपालको सोतोकान करातेको विकास र प्रवद्र्धनको लागि निरन्तर लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्