ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ शुरु ( लाईभ )


एबीसी न्यूज
जेष्ठ १३, २०७५ आईतबार  १२ : ३२ बजे

काठमाडौँ, १३ जेठ।   प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेका प्रश्नको अहिले जवाफ दिइरहनुभएको छ ।

सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने लक्ष्यका साथ प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि यही जेठ ९ गतेदेखि तीन दिनसम्म छलफल भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ७ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्नुभएको थियो । उक्त नीति तथा कार्यक्रममाथि छ संशोधनका सूचना दर्ता भएका छन् । नीति तथा कार्यक्रममाथि ८२ सांसदले भाग लिनुभएको थियो ।
नीति तथा कार्यक्रममा सरकारले आगामी १० वर्षभित्र नेपाललाई मध्यमस्तरको आय भएको देशको कोटिमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । प्रधानमन्त्रीको जवाफपछि बैठकमा आव २०७५/७६ का लागि प्रस्तुत सरकारको नीति तथा कार्यक्रमलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आव २०७४/७५ को आर्थिक सर्वेक्षणसमेत आजै पेश गर्नुहुनेछ ।

प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ४८ मिनेट ढिलो अर्थात् ११/४८ बजे शुरु भएको थियो । बैठक प्रारम्भ भएलगत्तै प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै नीति तथा कार्यक्रममाथि रचनात्मक र सिर्जनात्मक सुझाव प्रस्तुत गर्ने सांसदप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकारको नीति तथा कार्यक्रममाथि थप स्पष्ट पार्नुपर्ने आवश्यकता देखिएन, व्यापक समर्थनभाव, विश्वास र अपेक्षा देखियो, कार्यक्रम प्रभावकारी गरियोस् भनी सकारात्मक सुझाव आए, ठीक ढंगले नीति तथा कार्यक्रमको व्याख्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com