ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा संसदीय दलमा कार्यविभाजन: उपनेतामा सुवास नेम्वाङ, प्रमुख सचेतकमा देव गुरुङ


एबीसी न्यूज
जेष्ठ १३, २०७५ आईतबार  ९ : ५२ बजे

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्डले प्रतिनिधिसभा र राष्ट्रिय सभा संसदीय दलमा नेताहरूको कार्यविभाजन टुंग्याएका छन् । प्रधानमन्त्री ओलीको सरकारीनिवास बालुवाटारमा शनिबार भएको छलफलले चार पदमा तत्कालीन दुई पार्टीका तर्फबाट दुई–दुईजना पर्ने गरी जिम्मेवारी टुंग्याइएको हो ।

नेम्वाङ प्रतिनिधिसभामा उपनेता, शर्मा राष्ट्रिय सभाका नेता
ओली र दाहालले प्रतिनिधिसभा संसदीय दलको उपनेता सुवास नेम्वाङ र राष्ट्रिय सभा संसदीय दलको नेता दीनानाथ शर्मा बनाउने सहमति गरेका छन् । नेकपा संसदीय दलको नेतामा प्रधानमन्त्री ओली चयन भइसकेका छन् ।

नेम्वाङ तत्कालीन एमालेबाट प्रतिनिधिसभा दलको उपनेता तथा शर्मा राष्ट्रिय सभामा माओवादीबाट दलको नेता थिए । संसदीय दलको कामलाई प्रभावकारी बनाउन दुवै नेतालाई निरन्तरता दिने सहमति भएको उच्च स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले दुई अध्यक्षबीच राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भए पनि सहमतिबारे अनभिज्ञता प्रकट गरे । ‘एउटै पार्टीका अध्यक्षबीच नियमित छलफल–संवाद हुने कुरा नौलो भएन, राजनीतिक विषयमा कुराकानी भएको हो, तर सहमतिबारे जानकारी छैन,’ अधिकारीले भने ।

गुरुङ प्रमुख सचेतक, चौधरी सचेतक
त्यस्तै, प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतक देव गुरुङ तथा सचेतक शान्ता चौधरी हुनेछिन् । गुरुङ तत्कालीन माओवादी दलका प्रमुख सचेतक थिए भने चौधरी एमालेबाट सचेतक थिइन् । तत्कालीन एमालेबाट खगराज अधिकारी प्रमुख सचेतक थिए ।

त्यस्तै, राष्ट्रिय सभाको प्रमुख सचेतक र सचेतकबारे आइतबार बिहानसम्म दुई अध्यक्षले टुंगो लगाउने एक केन्द्रीय सचिवालय सदस्यले बताए । यसअघि राष्ट्रिय सभामा तत्कालीन एमालेका तर्फबाट संसदीय दलको नेता बनाउने भनिएका सांसद पर्शु मेघी गुरुङ तथा प्रमुख सचेतक बनाउने तयारी गरिएका सांसद खिमलाल भट्टराईलाई संसदीय समितिको सभापति बनाइने स्रोतले जनायो ।

संसदीय दलको विधान बन्दै
नेकपाले पार्टी संसदीय दलको नयाँ विधान बनाइरहेको छ । पार्टी एकीकरणपछि तत्कालीन एमाले र माओवादी केन्द्रको पुरानो विधान मिलाएर छुट्टै नयाँ विधान बनाउने तयारी अघि बढेको हो । ८ जेठमा बसेको नेकपाको संसदीय दलको बैठकले भीमबहादुर रावल संयोजक रहेको ६ सदस्यीय कार्यदल बनाएको थियो ।

कार्यदलमा देव गुरुङ, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, रेखा शर्मा र रामनारायण बिडारी सदस्य छन् । ‘विधानको प्रारूप तयार भएको छ, दुई–तीन दिनभित्रै कार्यदलले अन्तिम रूप दिनेछ,’ समितिका सदस्य कृष्णभक्त पोखरेलले बताए । पोखरेल र बिडारीले विधानको प्रारूप तयार पारेका हुन् ।

नियमावली बन्दै
नेकपाले पार्टी सञ्चालनसम्बन्धी नियमावलीको प्रारम्भिक मस्यौदा तयार पारेको छ । महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले नियमावलीको प्रारम्भिक मस्यौदा तयार पारेको हो । मस्यौदा समितमा पौडेलसहित देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य छन् । ‘नियमावलीको प्रारम्भिक मस्यौदा तयार भएको छ, कार्यदलमा छलफल गरेर छिटै अन्तिम रूप दिन्छौँ,’ नेता भुसालले भने । कार्यदलको बैठकले भुसाल र देवकोटालाई प्रारम्भिक मस्यौदा गर्ने जिम्मेवारी दिएको थियो । भुसालले प्रारम्भिक मस्यौदा अध्ययनका लागि सबै सदस्यलाई बाँडिएको बताए ।

प्रदेश र जिल्लामा सम्मानजनक भूमिका खोज्दै पूर्वमाओवादी
पूर्वमाओवादी केन्द्रका पोलिटब्युरो सदस्यहरूले प्रदेश, जिल्ला र जनवर्गीय संगठनमा पनि सम्मानजनक भूमिकाको दाबी गरेका छन् । केन्द्रीय कमटीमा नपरेपछि तत्कालीन माओवादी पोलिटब्युरो सदस्यहरूले अध्यक्ष प्रचण्डसमक्ष हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएरै माग राखेका हुन् । ९ जेठमा पूर्वमाओवादीका ८७ पोलिटब्युरो सदस्यहरूले हस्ताक्षर संकलन गरी १० जेठमा प्रचण्डलाई भेटेरै माग राखेको नेता रमेश मल्लले बताए ।

केन्द्रीय कमिटीमा नपरेका नेताहरूले एकतामा विधि–प्रक्रिया नअपनाइएको गुनासो गरेको मल्ले बताए । ‘नयाँ केन्द्रीय कमिटीमा सदस्यहरू मनोमानी रूपमा मनोनीत गरिएका छन् । पूर्वमाओवादीबाट १३ जिल्लामा प्रतिनिधित्व नहुनुले पनि विधि–प्रक्रिया नअपनाएको देखिएको छ,’ पूर्वमाओवादी पोलिटब्युरो सदस्य उमेश यादवले गुनासो गरे । उनले यस्तो प्रवृत्ति सच्याउन पनि माग गरे ।

कार्यविभाजनमा सन्तुलन
प्रतिनिधिसभामा दलको उपनेता र सचेतक तत्कालीन एमाले र प्रमुख सचेतक तत्कालीन माओवादीको भागमा परेको छ । प्रतिनिधिसभाको सभामुख तत्कालीन माओवादी नेता कृष्णबहादुर महरा रहेकाले दलको नेता प्रधानमन्त्री केपी ओली बनेका छन् भने उपसभामुख तत्कालीन एमालेकी डा। शिवमाया तुम्बाहम्फे छिन् । त्यस्तै, राष्ट्रिय सभाको अध्यक्ष तत्कालीन एमालेबाट गणेश तिमल्सिना बनाइएकाले दलको नेता माओवादी केन्द्रबाट दीननाथ शर्मालाई बनाइएको छ ।नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com