
बाँके, १२ जेठ । बाँकेको नेपालगञ्जमा आज यस वर्षकै सबैभन्दा बढी गर्मी भएको छ । नेपालगञ्जमा शनिबार दिउँसोको अधिकतम तापक्रम ४०.५ डिग्री सेल्यिसय पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस्तै आज दिउँसो नेपालगञ्जको सापेक्षिक आर्द्रता २७ प्रतिशत र भिजिविलिटी सात किलोमिटर रहेको बताइएको छ ।
गर्मीका कारण घर तातो भएर बस्न मुस्किल हुने गरेको छ । सर्वसाधारणहरू चिसो हावामा बस्न छतमा सुत्न थालेका छन् । निस्किनै परे छाता ओढ्न थालेका छन् । शरीर पोल्ने गर्मीले जनजीवन प्रभावित भएको हो । सन् २०१२ जुन १४ मा नेपालगन्जमा ४५ डिग्री तापक्रम पुगेको थियो । त्यसअघि ४३ दशमलव ९ डिग्री तापक्रम पुगेको थियो । अत्यधिक बस्ती विस्तार हुँदै गएको तर हरियाली क्रमश: नष्ट हुँदै गएकाले हरेक वर्ष गर्मी बढदै गएको हो । पोखरी, खोला नाला सुक्न थालेका छन् भने पशु चौपायाहरूलाई पानीको व्यवस्था छैन ।
घाममा नहिँड्न तथा अत्यावश्यकीय अवस्थामा बाहेक अरु बेला दिउँसो घरबाहिर ननिस्कन र प्रशस्तमा मात्रामा पानीसहित झोलिलो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन् ।







प्रतिक्रिया दिनुहोस्