काठमाडौं, १२ जेठ । काठमाडौँबाट डडेल्धुराको लागि छुटेको अत्याधुनिक सुविधाको बसमा आगलागि भएको छ ।

शुक्रबार काठमाडौँबाट डडेल्धुराको लागि छुटेको बा ४ ख ८४९२ नम्बरको उग्रतारा यातायातको गाडीमा विहान करिब ६ बजे तिर कोहलपुरको बासगढी नजिक आगलागि भएको हो ।

अर्को गाडिलाई ओभरट्याक गर्ने क्रममा अगाडीको चक्कामा आगलागि भएको थियो । आगलागिबाट गाडी जलेर पुर्ण रुपमा नष्ट भएको छ । यात्रुहरु सबै सकुसल रहेका छन् ।

गाडीमा भएका यात्रुहरुका सबै समानहरु जलेका छन् । दमकल समयमा नपुग्दा गाडी पुरै जलेको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया दिनुहोस्