ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौको सवारी जाममा विरामी बोकेका एम्बुलेन्स


एबीसी न्यूज
जेष्ठ १२, २०७५ शनिबार  १० : ०७ बजे

मुकुन्द घिमिरे /काठमाडौं, १२ जेठ । लामो जाममा बस्नु काठमाडौंमा नियती नै हो । यहाको अस्तव्यस्त सडक र सकसपुर्ण ट्राफिक जामका बीच सबैलाई आफ्नो गन्तव्यमा पुग्न हतारो हुन्छ । जसले गर्दा एम्बुलेन्स दमकल जस्ता अत्तिआवश्यकीय यातायातका साधनहरुलाई बाटो छोड्न समेत आनाकानी गर्ने प्रवृति बढ्दो छ । आफूलाई पर्दामात्र अत्यावश्यक सोचिने यी यातायातका साधनहरुलाई बाटो छोडन आनाकानी गर्नु मानवीय संवेदनहीनताको पराकाष्ठा हो ।

हतार सबैलाई हुन्छ तर एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सवारी साधनहरुको हतारो जीवन बचाउने हुन्छ । जीवन र मरणको दोसाँधमा छट्पटाइरहेको मानिस बोकेर हिडेको एम्बुलेन्सले साइरन बजाउदा बजाउदै पनि बाटो नपाउनु आफैमा विडम्बनापुर्ण छ । अर्कातर्फ अति विशिष्ट व्यक्तिहरुको सवारी आउदा जामको पछाडी एम्बुलेन्सहरु रोकिइरहेका दृश्यहरु देखिरहेका हुन्छन् ।

ट्राफिक प्रहरीले कुनै पनि अवस्थामा एम्बुलेन्सलाई बाटो खाली हुने अवस्था बनाएको दाबी गरिरहदा जाममा अड्किनु पर्ने समस्या कायमै छ । एम्बुलेन्स देख्ने वित्तिकै बाटो छोड्नु पर्नेमा पछिल्लो समय पहिलो प्राथमिकतामा आफूलाई राख्ने प्रबृति यातायातका साधन चालक तथा यात्रुहरुले विकाश गर्दै लगेको पाइन्छ । काठमाण्डौबाट सिन्धुली सम्म गाडी चलाउने एक चालकले दैनिक रुपमा एम्बुलेन्सले बाटो नछोड्ने घटनाहरु देख्ने गरेको बताए ।

अर्कातर्फ मृत्युसंग लडिरहेको विरामी बोकेर हिड्ने एम्बुलेन्सका चालकहरु आफूहरुले बाटो नपाउदा समयमै यात्रुहरुलाई गन्तव्यमा पु¥याउन सकस पर्ने बताए । वीर अस्पातमा कार्यरत एम्बुलेन्स चालकले जामका कारण दिनभर बिरामी भएको ठाउँमा पुग्न नसकेको गुनासो गरे । पहिलो जाम, त्यसमाथि सबैजनालाई पहिला जानुपर्ने हतारोले गर्दा अत्यावश्यक सवारी साधनहरु समयमा गन्तव्यमा पुर्याउन धौ–धौ परेकोे बताए ।

नेपालका सडकहरुमा ट्राफिक लाइट नगण्य मात्रामा मात्र सञ्चालनमा छन्, अतः जाम व्यवस्थापनमा ट्राफिक प्रहरी आफै खटिने हु“दा कुन गाडीलाई प्राथमिकता दिने भन्ने निर्णय धेरै हदसम्म ट्राफिक प्रहरीकै हातमा हुने गर्दछ । ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले सबै ट्राफिक प्रहरीहरुलाई एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सवारी साधनहरुलाई प्राथमिकता दिन निर्देशन दिएको बताए । ट्राफिक प्रहरी सबै ठाउँमा पुग्न नसक्ने हुँदा सबै नागरिकहरु आफ्नो क्षेत्रबाट संबेदनशील हुन आवश्यक रहेको उनको तर्क छ ।
सबै ठाउ“मा अनुगमन नपुग्न सक्छ, यस्तो अवस्थामा जस्को शक्ति उसको भक्ति प्रवृति त्यागेर अत्यावश्यक सवारीका साधनहरुलाई प्राथमिकतामा राख्न आवश्यक छ । यसो गर्नु हामी सबैको मानवीय धर्म पनि हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com