ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनकाण्डका फरार आरोपित एसएसपी खत्रीसहित ७ जनालाई विश्वभरका १ सय ९२ मुलुकमा खोजी गरिने


एबीसी न्यूज
जेष्ठ ११, २०७५ शुक्रबार  ३ : ३३ बजे
काठमाडौं, ११ जेठ ।  ३३ किलो सुन र सनम शाक्य हत्याका फरार अभियुक्त एसएसपी श्याम खत्री र सुन व्यापारी एमके अग्रवालसहित ७ जनाविरुद्ध रेडकर्नर नोटिस जारी हुने भएको छ । सुन गायब र सनम हत्याकाण्डको अनुसन्धान गर्न बनेको उच्चस्तरीय समितिले त्यसको कानुनी गृहकार्य सुरु गरेको छ । गत माघ पहिलो साता युएइबाट आएको  ३३ किलो सुन गायब भएपछि त्यसमै जोडिएर मोरङ उर्लाबारीका सनम शाक्यको यातनाबाट हत्या भएको थियो । सुन तस्करी र सनम हत्यामा संगठित गिरोह नै लागेको निष्कर्ष निकाल्दै गृह मन्त्रालयको समितिले छानबिन गरिरहेको छ ।
घटनामा चूडामणि उप्रेती ‘गोरे’को मुख्य अभियुक्त बनाएर ६३ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । मंगलबार पक्राउ परेका गोरेलाई पनि रेडकर्नर नोटिस जारी गरेर विश्वभरका १ सय ९२ मुलुकमा खोजी तिव्र पारिएको थियो ।

यो घटनामा प्रहरीका बहालवाला एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपीद्वय सञ्जय राउत र प्रजित केसी, सइ बालकृष्ण सञ्जेलको पनि संलग्नता देखिएकोले उनीहरुसहित २८ जनालाई मोरङ अदालतले पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिइसकेको छ ।

अनुसन्धान समितिका एक सदस्यले भने, ‘फरार रहेकामध्ये एसएसपी श्याम खत्री, हरिशरण खड्का, एमके अग्रवाल, बाजेको सेकुवाका मालिक चेतन भण्डारी, छिरिङ वाङगेल गुरुङ र सुनिल अग्रवाललगायत ७ जनालाई रेडकर्नर नोटिस जारी गर्ने तयारीमा छौं ।’ उनका अनुसार यो प्रक्रिया एक साताभित्रै टुङ्गो लाग्नेछ ।

‘फरार अन्य अभियुक्तहरु सामान्य प्रकारका छन्, सम्भवतः उनीहरु छिट्टै समातिन्छन् । तर ६–७ जनाको हकमा भने नोटिस नै जारी गर्नुपर्ने अवस्था छ,’ ती अधिकारीले भने । भारतमा केही अभियुक्त लुकेको जानकारी आफूहरुलाई भएको र त्यसका लागि कूटनीतिक पहलमार्फत् समातेर नेपाल ल्याउने तयारी भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com