ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोरे पक्राउ पर्नुभन्दा पहिले बूढानीलकण्ठमा प्रहरीका उच्च ‘अधिकारीसँग ‘गोप्य भेट


एबीसी न्यूज

काठमाडौं, ११ जेठ । सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका नाइके चूडामणि उप्रेती उर्फ गोरे अहिले मोरङ प्रहरीको हिरासतमा छन् ।
मंगलवार बिहान काठमाडौंबाट पक्राउ परेका गोरेलाई मंगलवार दिउँसै मोरङ जिल्ला अदालतमा उपस्थित गराइएको थियो भने बुधवारदेखि मोरङ जिल्ला अदालतमा उनको बयान लिइँदैछ आज शुक्रवार उनको थुनछेको बयान सकिदै छ ।

२०६९ सालदेखि संगठित रूपमै सुन तस्करीमा लागेका भनिएका गोरे गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याइएको साढे ३३ किलो सुन हराएपछि आफूसँगै काम गर्ने सनम शाक्यको ‘हत्या गरी’ फरार भएको आरोप उनिमाथि छ ।

यसबीचमा सुन तस्करी र सनम शाक्य हत्या छानविन गर्न बनेको गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा गठित समितिले आफ्नो कार्य अघि बढाउदै जादाँ थुप्रै पात्रहरू सार्वजनिक भए र केही पक्राउ परे । तर यो प्रकरणका मुख्य ‘नाइके’ भनिएका गोरे भने प्रहरीको फरार सुचिमै थिए ।

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गठित समितिले गोरेको व्यापक खोजी गर्‍यो । प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) मा गोरेविरुद्ध रेडकर्नर नोटिस समेत जारी भयो । तर गोरे भने एकाएक मंगलवार (जेठ ८ गते) बिहान काठमाडौंको गौरीघाटबाटमै फेला परेको भन्दै समितिले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्‍यो ।

गोरेलाई पक्राउ गर्नकै लागि आफूहरू ३ दिनदेखि मोबाइल समेत अफ गरी भूमिगत रूपमा खटिएको संयोजक पौडेलको भनाइ थियो ।
कसरी पक्राउ प¥यो त गोरे

फागुन १९ गते भारत पसेका गोरे कलकत्ता, सिक्किम, आसाम र सिलगुढी लगायत क्षेत्रमा बसिरहेका थिए । सिक्किमका केही क्यासिनो व्यवसायीसँग गोरेको चिनजान थियो । सिक्किम सरकारसँग समेत पहुँच भएका क्यासिनो व्यवसायीकै संरक्षणमा गोरे भारतका विभिन्न शहरमा ‘लोकेसन चेन्ज’ गर्दै बसिरहेका थिए ।

जेठ ६ गते (आइवार) दिउँसो झापाको काँकरभिट्टा नाका हुँदै गोरे नेपाल फर्किन्छन् । गोरे मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गर्ने भनेर भारत पश्चिम बंगालको सिलगुढीबाट नेपाल फर्किएका थिए । उनको साथमा केही मानवअधिकारकर्मी पनि थिए । तर जब गोरे झापाको दमकमा पुगे, सुन तस्करी र सनम शाक्य हत्याकाण्डको छानबिन गर्न गठित समितिका सदस्यसँग भेटघाट भयो । ६ गतेको साँझ गोरेसहित समितिका सदस्यको वास दमकमै भयो । ७ गते विहान गोरे आफ्ना मामा (नाम नखुलेका), २ जना मानवअधिकारकर्मी र २ जना समितिका सदस्यसहित काठमाडौंका लागि हिँडे । गाडी बुक गरेर काठमाडौं पुर्‍याइएका गोरेलाई ७ गतेको साँझ काठमाडौंको बूढानीलकण्ठस्थित एक होटलमा राखियो ।

बूढानीलकण्ठको होटलमा गोरेसँग नेपाल प्रहरीका केही उच्च अधिकारीले पनि गोप्य रूपमा भेटेको एक उच्च स्रोतको भनाइ छ । छानबिन समितिका संयोजक लगायतसँगको भेटमा गोरेले सुन तस्करीमा संलग्न आफूभन्दा माथिल्लो तहका केही व्यक्तिको नाम पोलेको स्रोतले जानकारी दिएको छ । तर समितिका संयोजक बाहिरिएपछि सो होटलमा पुगेका प्रहरी अधिकारीले भने ती नाम उल्लेख गरे खतरा हुने बताएपछि गोरेले आइन्दा ती नाम कसैसँग नबताउने बाचा गरेका थिए ।
घरका सदस्यलाई छुट्टै निर्देशन

अदालतमा आफैं हाजिर हुने भनेर मानवअधिकारकर्मीको रोहबरमा नेपाल आएका गोरेलाई सुन छानबिन समितिका पदाधिकारीले आफ्नो महत्त्व बढाउन ‘पक्राउ गरिएको’ भनेर प्रचार गरेको गोरेका आफन्तको भनाइ छ । ‘गोरे आफैं अदालतमा उपस्थित हुने भनेर नेपाल आएका हुन्,’ गोरेका आफन्तले भने, ‘तर समितिका मान्छेले ठूलो मेहनत लगाएर पक्राउ गरिएको जस्तो गरी प्रचार गरेका छन् । उनीहरूले पक्राउ नगरे पनि गोरे सोमवार (जेठ ७) गते अदालतमा उपस्थित भइसक्थे ।’ गृह मन्त्रालयको छानबिन समितिले गोरेले अदालतमा आत्मसर्मण गर्न खोज्दा आफूहरूले नियन्त्रणमा लिएको कुरा कसैलाई नभन्न भनेर आफूहरूलाई सचेत गराएको गोरेका परिवारका सदस्यको भनाइ छ ।
बयानकै क्रममा बाबुलाई भेटेर के भने

गोरेको बयान सकिएको छैन । तर, बयानकै क्रममा उनले बिहीबार अदालतमै बाबुलाई पनि भटेका छन् ।

टिफिन टाइममा उनीहरुबीच झण्डै आघा घन्टा बयान भएको कक्षमा नै कुराकानी भएको थियो ।

त्यसक्रममा उनले आफूलाई गौरीघाटबाट नभई बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको बताएका छन् । सिलगुढीबाट झापा हुँदै आएको र सोमबार नै छानबिन समितिका सदस्यले भेटेपछि आफूलाई सोधपुछ गरेको उनले बाबुलाई बताएका छन् ।

त्यो रात नेताको घरमा राखेको र भोलिपल्ट पक्राउ परेको भनेर सार्वजनिक गरेको उनको दाबी छ । तर, उनलाई राखिएको घर कुन नेताको थियो भन्ने खुलाएका छैनन् ।

तर अनुसन्धानकर्ताहरु भने गोरेको यो बयान उनीमाथि केन्द्रित अनुसन्धान प्रभावित पार्ने प्रयासमात्र भएको बताउँछन् । पक्राउ परेपछि पनि उनले सुन तस्करीबारे सोधेको प्रश्नमा यस्तै अप्रासंगिक कुरा झिकेको छानबिन समितिका एक सदस्यले सुनाए ।

गोरेका बाबुले भने आफ्ना छोरालाई तत्कालीन डीआईजी गोविन्द निरौलाले समयमै बचाएको भए आफ्नो छोरा दुष्कर्ममा नलाग्ने बताएका छन् । आफ्नो छोराले गरेको गलत कामको सजाय पाउनुपर्ने तर, अरुलाई पनि छाड्न नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com