ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनजिओलाई ट्याउँ ट्याउँ बोलिदिएको भरमा पुग्छ, हामीले काम गर्नुपर्छ – अध्यक्ष ओली


एबीसी न्यूज

काठमाडौं, ११  जेठ ।  प्रधामन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एनजिओको बहकावमा लागेर केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिताको माग नउठाउन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन्।
बालुवाटारमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा ओलीले दुई पार्टीको केन्द्रीय समिति मिलाउनु परेका कारण ३३ प्रतिशत नपुग्ने बताए।
‘कसैको बहकावमा लागेर जानुहुन्न’, ओलीले बैठकमा भने, ‘महिलाहरुलाई एनजिओहरुले ३३ प्रतिशत हुनुपर्छ अथवा यति प्रतिशत हुनुपर्छ भन्दिन सक्छन्। दुई वटा केन्द्रीय समिति मिलाउँदा ३३ प्रतिशत नभएको हुनसक्छ। हामीले धेरै छलफल गरेर गरेका छौँ। एनजिओलाई ट्याउँ ट्याउँ बोलिदिएको भरमा पुग्छ। हामीले काम गर्नुपर्छ।’

ओलीले केन्द्रीय समितिमा महिलाको सहभागिताको विषयमा पार्टी नेतृत्वमा छलफल भएको समेत बताए। ‘महाधिवेशन पछि कोर्स फरक हुन्छ’, ओलीको भनाई थियो।

हाल नेपाल कम्युनिष्ट पार्टीको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा ७७ मात्र महिला रहेका छन्। जुन १७ प्रतिशत हाराहारी हुन आउँछ। जबकी राजनीतिक दलसम्बन्धी ऐनको दफा १५ को ४ मा ‘दलको सबै तहको समितिमा एक तिहाइ महिला सदस्य हुने व्यवस्था गर्नुपर्ने’ प्रावधान छ। ‘हामीले थाहा नपाएर यो गरेका हैनौँ’,  ‘हामीलाई सबै जानकारी छ। समयक्रममा मिलाउँछौँ ।’ एक नेताले भन्ने
बैठकमा प्रचण्डले भने केन्द्रीय समितिमा महिलाको सहभागिताको विषयमा मौनता साँधेका थिए। बैठकमा सहभागिता अघि नै सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई नागरिकताको प्रतिलिपी लिएर आउन निर्देशन दिइएको थियो। केन्द्रीय समिति बैठकको अधिकाशं समय केन्द्रीय सदस्यहरुले ‘सक्कल बमोजिम नक्कल ठिक छ’ भनेर नागरिकताको प्रतिलिपी हस्ताक्षर गर्न खर्चिएका थिए।

नेपाल कम्युनिष्ट पार्टीको बालुवाटारमा बसेको बैठकमा सहभागि केन्द्रीय सदस्यहरु।  बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै अध्यक्षले भ्रष्ट्राचार नगर्न हुन नदिन निर्देशन दिएको बताए।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीहरु सत्तामा पुगेर स्खलित हुने चिन्ता ब्यक्त गरेका थिए। उनले पुल भत्काएर अगाडि बढेको कारण एकता सम्भव भएको उल्लेख गरेका थिए। ओलीले भने सत्ता जितेर बिग्रने छुट नरहेको बताएका थिए। ‘सत्ता सञ्चालनका कारण बिग्रने हो भन्यो भने त सबैतिर बिग्रन्छौँ’, ओलीले भने, ‘स्थानीय, प्रदेश, संघ सबै तिर बिग्रिन्छौँ। हामी त सबैतिर सरकारमा छौँ। त्यसैले गरेर देखाउनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com