ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार ढल्दैन, ढुक्क हुनुहाेस् : प्रचण्ड


एबीसी न्यूज
जेष्ठ १०, २०७५ बिहीबार  ३ : ०० बजे

काठमाडौं, १० जेठ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सरकार अबको ५ वर्षसम्म नढल्ने दावी गरेका छन् ।

नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको १२ औं स्थापना दिवसको कार्यक्रममा उनले कम्युनिष्टहरुको सुविधाजनक एकलौटी बहुमत रहेको सरकार कसैले चाहेर पनि नढल्ने बताएका हुन् ।

‘हामीले कम्युनिष्टहरुको निकै सुविधाजनक एकलौटी बहुमतको सरकार बनाएका छौं । यो सरकार कसैले हिलाएर हिल्दैन, ५ वर्षमा कम्तीमा लोकतान्त्रिक मूल्य र मान्यता अनुसार चल्छ’ उनले भनेका छन् ।

गएको वर्ष ७० वर्षमा नेपालीले ५ वर्ष एउटै सरकारले काम गरेको देख्न र कामको मुल्यांकनको आधारमा फैसला गर्ने अवसर नपाएको भन्दै प्रचण्डले त्यस्तो अवस्थाको आफूहरुले अन्त्य गरेको बताए ।

‘पञ्चायतमा राजाले टीका लगाउने सरकार पनि ३ वर्षभन्दा टिकेन, अनि बहुदल पछि हुन्छ कि भनेको झन् खराब स्थिति आयो । अब गणतन्त्र आएपछि धेरै राम्रो होला भनेको छ ९–९ महिनामा फेरिने झन् विकराल अवस्था देखिएपछि’ उनले भने ‘यो अवस्था ल्याउने राजनीतिक त्याग तपस्या र बलिदान गर्ने हामी जनता र नेतृत्वका लागि ठूलो चिन्ताको अवस्था रहृयो ।’

अब पनि यस्तै अवस्था रहेमा मुलुकको अर्थतन्त्र डामाडोल हुने र मुलुकको अस्मिता नै बचाउन नसक्ने स्थितिमा पुग्ने भएकाले एकतामा गएको प्रचण्डले बताए ।

‘यस्तै फेरि पनि अर्को ७० वर्ष रहने हो भने अर्थतन्त्र डामाडोल हुन्छ, अर्थतन्त्र जति डामाडोल हुँदै जान्छ यो राष्ट्रको अस्मिता त्यति नै खतरामा पर्दै जान्छ र कुनै दिन यस्तो पनि आउन सक्छ नेपालको राष्ट्रिय अस्मिता बचाउनै नसक्ने ठाउँमा पुग्ने खतरा छ । यही कुरालाई हेरेर हाम्रा उतार चढाव घु्म्ती मोडहरु र हाम्रा सबै संघर्षहरुको समीक्षा गरेर एकतामा आयौं’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

संसदमा हर्कराज राईको प्रश्नः के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त ?

थाइल्याण्डद्वारा कम्बोडियासँगको सामुन्द्रिक सम्झौता खारेज; अब ‘युनक्लस’ ढाँचाअनुसार वार्ता अघि बढाइने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

सुकुम्बासीमाथि ‘डोजर आतंक’ नसच्चिए प्रतिकार गर्ने कांग्रेसको चेतावनी

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com