ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय दलको बैठकमा नेता देवप्रसाद गुरुङले सरी, जिब्रो लटपटिएछ भनेपछि …………….


एबीसी न्यूज

 

काठमाडौँ, ५ जेठ (रासस) : नेपाल कम्युनिष्ट पार्टी बनेपछिको पहिलो संसदीय दलको बैठकमा नेता देवप्रसाद गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष भनी सम्बोधन गरेपछि हलमा हाँसोको फोहरा छुट्यो । नेता गुरुङले तत्कालै सच्याउँदै भन्नुभयो, “सरी, जिब्रो लटपटिएछ, केही समय पार्टीको नाम लिँदा यस्तो अलमल हुन सक्छ ।” 

दुई दिनअघि मात्र एकता भएकाले पहिलो बैठक सञ्चालनका क्रममा नेता गुरुङले पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीलाई आशन ग्रहण गराएपछि अध्यक्ष प्रचण्डलाई मञ्चमा बोलाउँदा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष भन्न पुग्नुभएको थियो । नेता गुरुङ, तत्कालीन माओवादी केन्द्रको प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतक भएकाले पनि उहाँको जिब्रोमा प्रचण्डलाई माओवादीका अध्यक्ष भन्ने आएको हुनसक्छ ।

नेकपा (एमाले) र केन्द्रबीच यही जेठ ३ गते ऐतिहासिक एकता भई नेपाल कम्युनिष्ट पार्टीको गठन भएपछि आज पहिलोपटक संयुक्त संसदीय दलको बैठक थियो । एक सय ६५ सदस्यीय प्रतिनिधिसभामा नेकपामा १७४ सदस्य छन् । बैठकमा सहभागी सांसदमात्र होइन कतिपय पूर्व सांसद र कार्यकर्ता पनि बैठकस्थल संसद् भवन, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा नेताहरुसँग भेट्ने र बधाई दिने उद्देश्यले भेला भएका देखिन्थे ।

तत्कालीन एमालेका बाजुरामा पूर्व सांसद रत्नप्रसाद न्यौपानेले ढोकामा कुरेरै भए पनि बैठकमा छिर्दै गरेको अवस्थामा अध्यक्ष ओली र दाहाललाई हात मिलाएर बधाई दिन भ्याउनुभयो । “मैले दुवैलाई बधाई भन्न पाएँ । धन्यवाद भन्नुभयो । अब एकपटक भेटेर प्रदेश र जिल्ला तहको संगठनलाई समायोजन गर्ने प्रक्रियामा लाग्नेछु”, न्यौपानेले भन्नुभयो ।

एकताको केही समयसम्म दुवैतर्फका नेता कार्यकर्तामा घुलमिल र मातहतका कमिटीमा एकीकरणको प्रक्रिया चल्ने छ । आजको संसदीय दलको बैठकमा नेता कार्यकर्ताबीच एकापसमा बधाई साटासाट र राम्रोसँग परिचय नभएकाबीच परिचय आदानप्रदान भएको छ ।

सरकारको नीति कार्यक्रम र बजेट प्रस्तुतिको पूर्व सन्ध्यामा भएकाले संसद्का बैठकमा कसरी प्रभावकारीरुपमा प्रस्तुत हुने र एकताको सन्देशलाई देशव्यापी फैलाई विकास र समृद्धिमा कसरी केन्द्रित गर्ने भन्ने सम्बन्धमा अध्यक्ष ओली र दाहालबाट निर्देशन पाएपछि सांसदहरुमा उत्साह थपिएको देखिएको छ ।

अध्यक्ष ओली र दाहालले शुक्रबार धूम्रबाराही र पेरिसडाँडास्थितको कार्यालय अवलोकन र पदबहाली गर्दा पनि विगतमा दुई पार्टीमा रहेका नेता कार्यकर्ताको स्वागत पाउनुभएको थियो । दुवै कार्यालय र त्यहाँको भौतिक र अन्य वातावरणमा अध्यक्षहरु र सचिवालयमा रहेका नेताहरु घुलमिल हुन थालेपछि स्थायी कमिटी, केन्द्रीय कमिटी, सांसद र अन्य तहका नेता कार्यकर्तामा आपसी संवाद र सहजीकरण वृद्धि भएको मानिएको छ ।

संसदीय दलको बैठकपछि नेता गुरुङले रासससँग भन्नुभयो, “आज राष्ट्रियसभा र प्रतिनिधिसभामा रहेका पार्टीका सदस्यहरुको पहिलो संयुक्त बैठक बसी संसदीय दलमा एकताको प्रत्यक्ष सञ्चार भयो । अब शीर्ष नेताहरुले सल्लाह गरेर हामी उपनेता, प्रमुख सचेतक, सचेतकलगायतको जिम्मेवारी तोकेपछि प्रभावकारीरुपमा काम हुनेछ ।” उहाँले पार्टी एकताले समृद्धि र स्थिरताको जनताको चाहनामा उत्साह पैदा भएकाले सरकार र नेतृत्वले त्यस उत्साहलाई टिकाउने गरी काम गर्नुपर्ने बताउनुभयो ।

पार्टीका स्थायी कमिटी सदस्य एवं सांसद छविलाल विश्वकर्माले निर्वाचनमा गरिएको प्रतिबद्धताअनुसार भएको पार्टी एकताले देशव्यापीरुपमा नयाँ उत्साह पैदा भएको र चाँडै मातहतका कमिटीमा पुनर्गठन गर्नुपर्ने बताउनुभयो ।

माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक मान्ने नेकपाले समाजवाद उन्मुख जनताको जनवादलाई आफ्नो कार्यक्रम अंगिकार गर्दै शान्तिपूर्ण लोकतान्त्रिक प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गरी जनतालाई विकास, समृद्धि र सामाजिक न्याय दिलाई समाजवादको आधार खडा गर्ने लक्ष्य लिएको छ ।

पार्टीले तीन महिनाभित्र मातहतका कमिटी र जनसंगठनको एकता गर्ने र त्यसबारे चाँडै बस्ने केन्द्रीय कमिटीले निर्णय लिने तयारी गरेको छ । ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिन र निर्वाचन आयोगबाट आधिकारिकता लिने प्रक्रियामा सो पार्टी छ ।

मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित गत असोज १७ गते एमाले र केन्द्रले एकता र तालमेलको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com