ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोटेश्वर–कलंकी चक्रपथ निर्माण थपिएको समयमा नसकिने


admin

काठमाडौं, २५ साउन । काठमाडौं उपत्यकामा पछिल्लो समय सबैभन्दा बढी सडक विस्तारको काम भएको छ । तर, सडक विस्तार व्यवस्थित हुन सकेको छैन । विस्तारका लागि काम सुरु भएको धेरै सडक अस्तव्यस्त छन् ।  सडक विस्तार आयोजनाहरु लथालिङ्ग छन् । सार्क सम्मेलनलाई लक्षित गरि तीनकुने–मातइतीघर सडकलाई चिरिच्याट बनाइए पनि अन्य सडकको हालत खराब छ । पछिल्लो समय चक्रपथको स्तरोन्नती गर्ने प्रयत्न समेत भएको छ । तर, चक्रपथ स्तरोन्नती पनि बेहालत छ । चक्रपथको स्तारोन्नती गर्न चक्रपथ सुधार योजनाले काम गरिरहेको छ ।

थपिएको एक वर्षमा काम सम्पन्न नहुने खतरा

पहिलो चरणमा कोटेश्वर–कलंकी खण्डको सडक स्तारोन्नतीको काम भइरहेको छ । योजनाले पाँच वर्षमा काम सम्पन्न गर्ने म्याण्डेट पाएको थियो । तर, निर्धारीत समयमा काम गर्न सकेछ । त्यसपछि एक वर्ष समय थपिएको छ । थपिएको समय पनि अब १० महिना मात्र बाँकी छ । यो अवधिमा पनि काम सम्पन्न हुने सम्भावना कम छ ।

काठमाडौंको चक्रपथ स्तरोन्नतीका लागि चीन सरकारले सहयोग गरेको छ । पहिलो चरणमा कोटेश्वर, ग्वार्को हुँदै कलङ्की सम्मको १० किलोमिटर दुरीको चक्रपथ स्तरोन्नतीका लागि चीन सरकारले ५ अर्ब रुपैयाँमा सहयोग गरेको छ । र, चक्रपथ स्तरोन्नतीको जिम्मेवारी चिनियाँ निर्माण कम्पनी सांघाई कन्स्ट्रक्सन चाइनाले पाएको छ ।

नेपाल सरकार र निर्माण कम्पनीबच सन् २०१३ सेप्टेम्बरमा काम सुरु गरि २०१७ जुलाईमा सम्पन्न गर्ने सहमती भएको थियो । तर, निर्माण कम्पनीले समयमा काम नसकेपछि एक वर्ष समय थपिएको छ । अब निर्माण कम्पनीले सन २०१८ जुलाईमा काम सक्नु पर्ने छ । अहिलेकै गतिमा काम हुने हो भने थपिएको समयमा पनि चक्रपथ स्तारोन्नतीको काम सम्पन्न हुने सम्भावना काम छ । तर, चक्रपथ सुधार योजनाले भने अहिलेसम्म ८० प्रतिशत काम सकिएकाले समयमै काम सम्पन्न हुने दावी गरेको छ ।

चक्रपथ सुधार योजनाले अहिलेसम्म कोटेश्वर–कलंकी खण्डमा ४ वटा आकाशे पुल र ६ वटा सामान्य पुल बनाइसकेको छ । तर, ती पुलहरु फिनिसिङ हुन बाँकी नै छन् । सडक पेटी, ढल बग्ने ड्रेन र अपाङ्ग मैत्री सडक पेटी बनाउने लगकायका काम लथालिङ्गै छ । योजनाले वर्षायाम अगाडी नै कोटेश्व देखी सात दोबाटो सम्मको सडक कालोपत्रे गरिसक्ने योजना बनाएको थियो । तर, कालोपत्रे गर्नका लागि काम सुरु भए पनि कालोपत्रे हुन सकेको छैन ।

नयाँ बन्दै गरेको सडक पूर्ण रुपमा अपाङ्ग मैत्री हुनु पर्ने सम्झौतामा उल्लेख छ । तुलनात्मक रुपमा केही बढी काम भएको कोटेश्वर आसपास मै पनि अपाङ्ग मैत्री सडक बनाउने काम अगाडी बढ्न सकेको छैन । अन्य क्षेत्रमा त सडक सम्याउने काम नै पुरा भएको छनै । तर, तिब्र गतिमा काम भइरहेकाले थपिएको समयमा सडक बनिसक्ने योजनाको दावी छ । २०७२ सालको भूकम्प पछि धेरै निर्माण कम्पनीहरुलाई ठूलो बहाना मिल्यो । जिम्मा लिएर कामै नगरी बसेका निर्माण कम्पनीहरुले पनि भूकम्पका कारण काम गर्न नसकेको वहाना बनाए । त्यो बीचमा भारतीय नाकाबन्दीको समेत प्रभाव पर्‍यो । चक्रपथ अन्तरगत कोटेश्वर–कलंकी सडक खण्डको निर्माण जिम्मा पाएको चिनियाँ कम्पनीले समेत भूकम्प र नाकाबन्दीका कारण काम हुन नसकेको दावी गरेको थियो । तर, अब भने सडक निर्माणका लागि सहज वातावराण बनिसकेको छ ।

त्यसैले तिब्र गतिमा काम हुने हो भने थापिएको समयमा काम सम्पन्न हुन सक्छ । तर, अहिले वर्षायाम भएकाले सडक निर्माणका काम ठप्प जस्तै छ । वर्षायाम सकिन अझै पनि दुई महिना बाँकी छ । असोजपछिका दिनमा मात्रै सहज रुपमा कालोपत्रे गर्ने काम अघि बढ्न सक्छ । त्यसैले फेरी पनि सडक बनिसक्ने समय लम्बिने सम्भावना बढी छ ।
हाम्रो देशमा कुनै पनि विकास आयोजना समयमै सम्पन्न हुँदैन । निर्माण आयोजना समयमै सम्पन्न नहुनुमा धेरै क्षेत्रले भूमिका खेलेको हुन्छ । केही वर्ष अगाडीसम्म राजनीतिक अस्थिरताको सिधै प्रभाव निर्माण क्षेत्रमा पर्ने गरेको थियो । पछिल्लो सयम भने राजनीतिक प्रभाव कम हुँदै गएको छ । तर, निर्माण कम्पनीको गैह् जिम्मेवारीपन भने अझै पनि यथावत  छ ।

निर्माणको जिम्मा पाएका कम्पनीहरुले सहमति अनुसार इमानदार भएर काम गर्ने हो भने कुनै पनि आयोजनाको निर्माण अवधि लम्बिने छैन । तर, निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्ने प्रवृति अझै पनि हट्न सकेको छैन । निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा सबै आयोजनामा लागत बढ्ने गरेको छ । निर्माण कम्पनीहरुले पनि विभिन्न खालका अवरोध झैल्दै आएका छन् ।

आयोजना सुरु भएपछि अनेकौ समस्याहरु उत्पन्न हुने गरेका छन् । सबैभन्दा बढी मुआब्जा विवादले आयोजना निर्माणमा जुटेकाहरु समस्यामा पर्ने गरेका छन् । आफ्नै लागि विकासका काम हुने भए पनि आयोजना प्रभावित क्षेत्रका वासिन्दा सहज रुपमा विकास निर्माणका काम दिदैनन् ।

सरकारले पनि सुरुमै मुआब्जा समस्या समाधान गर्ने कुरामा ध्यन दिदैन । चक्रपथ विस्तार योजनाले पनि त्यस्तै समस्या झेल्नु परेको छ । कोटेश्वर–कलंकी सडकको क्षत्र भित्र धेरै घरहरु बनेका छन् । ती, घरहरुका कारण चक्रपथ सुधार योजनाले काम गर्न सकेको छैन । त्यति मात्र होइन, सरकारी निकाय बिचको समन्वय अभावले पनि चक्रपथ विस्तारमा अवरोध पुगेको छ ।

सडकमा बनेका घर हटाउन समस्या

कोटेश्वर–काठमाडौं सडक खण्डको लम्बाइ १० किलो मिटर मात्र हो । छोटो दुरी भए पनि चक्रपथ सुधार योजनाले धेरै असजताहरु सामना गर्नु परेको छ । वैकल्पिक मार्ग नहुँदा चक्रपथको स्तरोन्नतीको जिम्मा पाइको चिनियाँ कम्पनीले रातको समयमा मात्र काम गर्नु पाउँछ । अहिलेसम्म कम्पनीले रातको समयमा मात्र काम गर्दै आएको छ । तर, निर्माण कम्पनीका लागि सबैभन्दा ठूलो समस्याका रुपमा सडकमा पर्ने घरहरु रहेका छन् ।

सडकको जमिनमा सयभन्दा बढी घरदश किलोमिटरको दुरीमा कम्तिमा १ सय ५० घर सडकमा रहेको चक्रपथ सुधार योजनाले जानकारी दिएको छ । नयाँ बन्दै गरेको चक्रपथ ३६ मिटर चौडाइको हुनेछ । तर, कोटेश्वर देखी कलंकी सम्ममा २५ मिटर भित्र पर्ने घर एक सयभन्दा बढी छन् । चक्रपथ सुधारको काम अगाडी बढेको पाँच वर्ष भइसकेको छ । तर, अझै पनि कोटेश्वर–कलंकी सडकको क्षेत्रमा पर्ने घरहरु भत्काइएका छैनन् । सडकको क्षेत्रमा पर्ने घरहरुमा चिन्ह लगाइएको छ ।

सडकको क्षेत्र भित्र पर्ने घरहरुमा चिन्ह त लगाइएको छ । तर, अझै पनि घरहरु भत्काइएका छैनन् । तर, सडकमा घर परेका स्थानीयवासीलाई भने अझै पनि के गर्ने हो भन्ने थाहा छैन । सडकमा परेकाले घर भत्काउनु पर्छ भन्ने जानरीका पाए पनि मुआब्जाको विषयमा सरकारले आफुहरुसँग सल्लाह नै नगरेको स्थानीवासीको गुनासो छ । उनीहरु, सरकारले चलनचल्तीको दरमा मुआब्जा दिए घर छोड्न तयार रहेको बताउँछन् ।

सरकारी निकायबीच समन्वय नहुँदा समस्या

हाम्रो देशमा सरकारी निकायबीचको समन्वय अभावले विकासका काममा प्रभाव पर्ने गरेको छ । चक्रपथ सुधारको क्रममा पनि समन्वय अभाव देखिएको छ । सडकको क्षेत्रममा परेका घरहरु भत्काइदिन भन्दै काठमाडौं उपत्यका सडक विस्तार आयोजनालाई धेरै पटक आग्रह गर्दा पनि घर नभत्किएको चक्रपथ सुधार योजनाले आरोप लगाएको छ । धेरै पटक घर भत्काइदिन आग्रह गर्दा पनि नभत्किएक कारण सडक विस्तारमा समस्या उत्पन्न भएको योजनाको गुनासो छ ।

चक्रपथ सुधार योजलाई सडकको क्षेत्रमा पर्ने विजुलीका पोलहरुका कारण समेत काम गर्न असहज भएको छ । बल्खु क्षेत्रका धेरै बिजुलीका पोल सडकको क्षेत्र भित्र पर्ने चक्रपथ सुधार योजनाले जानकरी दिएको छ । सडकमा पर्ने बिजुलीका पोल हटाउन बिद्युत प्राधिकरणराई आग्रह गरेको भए पनि प्राधिकरणले पोल नहटाएको योजनाले आरोप लगाएको छ । तर, चक्रपथ सडक सुधार आयोजनालाई सबैभन्दा बढी समस्या सडक क्षेत्रमा पर्ने घर हटाउनु नै रहेको छ । आवश्यक पहल हुने हो भने यो ठूलो समस्या होइन । त्यसैले सबैभन्दा पहिला सरकारी निकायबीच समन्वयको खाँचो छ ।

सडकको क्षेत्र भित्र घर परेकाहरु सबै पीडत नहुन पनि सक्छ । धेरै मानिसले सडकको जमिन मिचेरै घर बनाएका छन् । यस अघिका सडक विस्तारका क्रममा समेत सडक मिचेर बनाइएका धेरै घर भत्काइएका छन् । त्यसैले कोटेश्वर देखी कलंकीसम्मको सडक विस्तारमा सडक भित्र पर्ने घर भत्काउनु समस्या होइन ।

स्तारोन्नती पछि चक्रपथको चौडाइ ३६ मिटरको हुनेछ । तर, धेरै घर २५ मिटर भित्र पर्ने भएकाले सडक भित्रै रहेका घरहरु भत्काउन कुनै कानुनी समस्या पनि हुने छैन । तर, लामो समयदेखी जमिन भोगचलन गर्दै आएकाहरुलाई सहि तरिकाले व्यवस्थापन गरिनुपर्छ । यो त रहयो, चक्रपथ सुधार योजनाको समस्या । तर, चक्रपथ सुधार योजनाले काम गर्न सुरु गरेपछि त्यस क्षेत्रका धेरै मानिसले धेरै समस्या झेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com