ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दीपसहित बलर चम्केपछि चेन्नईविरुद्ध दिल्लीकाे सहज जित


एबीसी न्यूज
जेष्ठ ५, २०७५ शनिबार  ७ : ३९ बजे

जेठ ५ – इण्डियन प्रिमियर लिगको दोस्रो खेलमा नेपाली युवा बलर सन्दीप लामिछाने स्टाइलिस प्लेयर अफ् द म्याच घोषित भएका छन् ।

चेन्नई सुपर किंग्सलाई ३४ रनले हराउने क्रममा सन्दिपले एक विकेट लिए । १६३ रनको लक्ष्य पछ्याएको चेन्नई सुपर किंग्सलाई १२८ रनमा समेट्न सन्दीपले ५.२५ को औसतमा २१ रन दिए । ४ ओभर बलिङ गर्दै सन्दिपले सुरेश रैनाको विकेट लिएका थिए । सुरेश रैना र महेन्द्रसिंह धोनीको साझेदारीलाई तोड्न सफल भए सन्दीप लामिछाने । चार ओभरमा १० बल सन्दीपले डट गराउन सफल भए ।

रैना र धोनीको साझेदारी तोड्नु तथा कम रन खर्चनु नै दिल्लीका लागि जितको आधार बन्यो । सन्दीपसहित दिल्लीका बलरहरुले कसिलो बलिङ गरे । आवेश खान भने केही महंगा सावित भए । दुई ओभर बलिङ गरेका खानले २८ रन खर्चिए । ४ ओभर बलिङ गरेका अमित मिश्रा र ट्रेन्ट बोल्टले २–२ विकेट लिँदै मात्र २० रन दिए । त्यस्तै ४ ओभर नै बलिङ गरेका हर्षल पटेलले एक विकेट लिँदै २३ रन खर्चिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्ली डेरडेविल्सले २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । दिल्लीका लागि ऋषव पन्तले सर्वाधिक ३८ रन बनाएका थिए भने विजय शंकर र हर्सल पटेलले ३६–३६ रनको योगदान दिए । हर्सलले अन्तिम ओभरमा ३ छक्कासहित १९ रनको योगदान दिएपछि दिल्लीले बलियो स्कोर तयार पारेको थियो । दिल्लीले अन्तिम ओभरमा मात्रै २६ रन बटुलेको थियो । दिल्लीका हर्षल पटेल म्यान अफ् द म्याचसमेत बने ।

बलिङतर्फ लुंगी एनगिडीले २ विकेट लिए भने दिपक चाहर, रवीन्द्र जडेजा र शार्दुल ठाकुरले १–१ विकेट लिए ।

१६३ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाउँदै १२८ रनमा समेटियो । चेन्नईका लागि अम्बाती रायूडुले अर्धशतक पार गर्दै ५० रन बनाएका थिए भने रवीन्द्र जडेजाले २७ रन जोडे । अन्य खेलाडीको प्रदर्शन खराब रह्यो ।

चेन्नईले प्लेअफमा स्थान बनाइसकेको छ भने दिल्लीको प्लेअफमा पुग्ने सम्भावना टरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com