ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल कम्युनिष्ट पार्टीले आज ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीको नाम सार्वजनिक गर्ने


एबीसी न्यूज
जेष्ठ ४, २०७५ शुक्रबार  ९ : ५५ बजे

काठमाडौं, जेठ ४ – नवगठित नेपाल कम्युनिष्ट पार्टी आज केन्द्रीय कमिटिको सबै सदस्यको नाम सार्वजनिक गर्दैछ । हिजो सबै सदस्यलाई सपथ खुवाएको पार्टीले आज ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीको नाम सार्वजनिक गर्ने तयारी गरेको हो ।

नवगठित पार्टीमा विगटित एमालेको २ सय ४१ र माओवादी केन्द्रको २ सय गरि ४ सय ४१ केन्द्रीय सदस्य छन् । यी सबैले हिजो नै सपथ खाएपनि सदस्यहरूको वरियताक्रम मिलाउन बाँकी रहेको भन्दै हिजो नाम सार्वजनिक गरिएको थिएन । केन्द्रीय कमिटीको एकतिहाइ अर्थात् बढीमा १४५ सदस्यीय पोलिटब्युरो बन्नेछ । तीन महिनाभित्र पोलिटब्युरो गठन तथा प्रदेशलगायत तल्ला तहका सबै कमिटी एकीकरण गरिसक्ने अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्डले हिजो नै घोषणा गर्नुभएको छ ।

अब नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कार्यालय तत्कालका लागि धुम्बाराहीमा रहने र जनसङ्गठन तथा जनसम्पर्कका कामहरु भने पेरिसडाँडाबाट हुने जनाएको छ । धुम्बाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा(एमाले) को अस्थायी र पेरिसडाँडामा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय कार्यालय थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

सरकारलाई प्रचण्डले भने– संख्याको दम्भमा विधि मिच्ने काम नहोस्

सम्बन्धित

संसदमा हर्कराज राईको प्रश्नः के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त ?

थाइल्याण्डद्वारा कम्बोडियासँगको सामुन्द्रिक सम्झौता खारेज; अब ‘युनक्लस’ ढाँचाअनुसार वार्ता अघि बढाइने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

सुकुम्बासीमाथि ‘डोजर आतंक’ नसच्चिए प्रतिकार गर्ने कांग्रेसको चेतावनी

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com