ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोको हरामका १५ लडाकू मारिए


एबीसी न्यूज
जेष्ठ ४, २०७५ शुक्रबार  ९ : ४८ बजे

 रासस/सिन्ह्वा  जेठ ४।  नाइजेरियाको विद्रोही समूह बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइएको छ ।

उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीले उनीहरूलाई अपहरणमुक्त गराएको सेनाका उच्च अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

अपहरणमुक्त भएकाहरूमध्ये ३३ जना महिला, १६ जना बालबालिका, चार जना पुरुष रहेको सेनाका प्रवक्ता ओन्येम वाचुकुले बताए ।

बोको हराम विरुद्ध भएको सुरक्षा कारबाही अभियानका क्रममा सरकारी सेनाले उनीहरुलाई अपहरणमुक्त गराएको हो । नाइजेरिया सरकारले मे महिनामा मात्रै अहिलेसम्म बोको हरामको नियन्त्रणमा रहेका एक हजार जनालाई मुक्त गराएको छ ।

यसैबीच, नाइजेरियाली सेनाले देशका विभिन्न ठाँउमा गरेको सुरक्षा कारबाहीका क्रममा बोको हरामका १५ लडाकु मारिएका छन् । बुधबार दिएको जानकारी अनुसार नाइजेरियाको उत्तर पूर्वी राज्य बोर्नो र दक्षिणी राज्य लेक चाड बासिन क्षेत्रमा उनीहरू मारिएका हुन् ।

बोको हरामका चार जना लडाकू सेनाले थापेको विद्युतीय धरापमा परेर ज्यान गुमाएका हुन् भने अरु ११ जनालाई लुकिरहेको बेला घेरेर सुरक्षा कारबाही गरिएको थियो ।

सन् २००९ मा सुरु भएको बोको हरामको हिंसात्मक गतिविधिका कारण नाइजेरियामा अहिले सम्म २० हजार जना मारिएका छन् भने २३ लाख विस्थापित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको डोजर अभियान किन सुकुम्वासीमाथि लादियो ? : ऐतिहासिक रुपरेखासहित केशव बडालसँगको वार्ता (भिडियो)

आशिका तामाङलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी

सम्बन्धित

बेइजिङमा ट्रम्प-सी शिखर सम्मेलन: विश्वकै सबैभन्दा महत्त्वपूर्ण सम्बन्धको व्यवस्थापन

रुस र युक्रनेबीच तीन दिने यद्ध विराम भएको ट्रम्पको घोषणा

हालैका विधानसभा चुनावहरूमा बहुसंख्यकवादको पाटो

पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण : ‘सर्वसाधारणलाई जोखिम कम’ – डब्ल्यूएचओ

चीन किन पर्खिरहेको छ ?

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com