ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकताको उतारचढावपूर्ण सात महिना ( ‘एकता साना दुःखले आर्जेको विषय पक्कै होइन र थिएन पनि ’ )


एबीसी न्यूज

काठमाडौँ, ४ जेठ ।   एकता प्रक्रिया शुरु गरेको करिब सात महिनापछि नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) औपचारिक रुपमा विघटन भई नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको छ ।

गत वर्ष असोज १७ गते वाम गठबन्धन निर्माण गर्ने र पार्टी एकतासमेत गर्ने घोषणासहित दुई पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयुक्त घोषणापत्रका साथ जाने निर्णय गरेका थिए ।

फरकफरक राजनीतिक पृष्ठभूमिसहित राजनीतिक प्रक्रियामा सहभागी रहेका दुई ठूला कम्युनिस्ट पार्टीको एकताले नेपाली समाजमा सकारात्मक चेतनाको सञ्चार गरिदिएको छ । सात महिनाको अवधिमा अनेकन विवाद, शंका र आशंकालाई पूर्ण विराम लगाउँदै आजसम्म आइपुग्दा एकताले मूर्त रुप लिएको छ ।

एकता प्रक्रियामा सहभागी नेताहरुले जुनसुकै बेला पनि एकताको घोषणा हुने सम्भावना रहेको बताउँदै आएका थिए । बुधबार तत्कालीन दुई पार्टीका अध्यक्षद्वयको महत्वपूर्ण र सघन छलफलपछि एकता प्रक्रियाले अन्तिम निष्कर्ष पाएको हो ।

वाम गठबन्धन बनाएर एकता प्रक्रियामा सहभागी हुँदा तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयुक्त घोषणापत्र र उम्मेदवारसहित जनतामा जाँदा नै एकताको सन्देश प्रवाह भइसकेको थियो ।

राष्ट्रियसभा गृहमा विहिवार नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र समारोहमा नेताहरुले व्यक्त गर्नुभएको विचारलाई नै आधार मान्ने हो भने पनि ‘एकता साना दुःखले आर्जेको विषय पक्कै होइन र थिएन पनि ।’

नेपालको कम्युनिस्ट पार्टी स्थापनादेखि नै गुटबन्दी, टुटफुट र विभाजनको रेखाबाट अगाडि बढेको हो । विसं २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी २००८ सालदेखि नै गुटबन्दीको शिकार भएको नेताहरुको टिप्पणी छ । विधिवत् रुपमा त २०१९ सालदेखि नै पार्टीमा विभाजन शुरु भएको हो ।

पछिल्लो पटक २०७४ असोज १७ गतेदेखि सुरु भएको एकता प्रक्रिया जेठ २ गतेसम्म आइपुग्दा एउटा इतिहास कोर्न सफल भएको छ । विघटित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का शब्दमा ‘अनेकन आशंकाका बीचमा एकता प्रक्रिया एउटा निष्कर्षमा पुगेको छ, यो नेपाली जनता र देशको आवश्यकताका आधारमा भएको हो ।’

वामगठबन्धन निर्माण गर्ने दिन असोज १७ गते नै एकता संयोजन समिति गठन गरिएको थियो । सुरुमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई समेत सो प्रक्रियामा सहभागी हुनुभएको थियो । तरपछि निर्वाचनको प्रक्रियामा सहमति नभएको भन्दै उहाँ यसबाट बाहिरिनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निार्वचनलाई केन्द्रमा राखेर दुई पार्टीले गत कात्तिक २१ गते संयुक्त घोषणापत्र सार्वजनिक गरे । नेपालको इतिहासमा दुई ठूला कम्युनिस्ट पार्टीले निर्वाचन प्रयोजनाका लागि सार्वजनिक गरेको संयुक्त घोषणापत्र नै पहिलो थियो ।

एकता घोषणा कहिले गर्ने भन्ने बारेमा नेताहरुका फरक फरक धारणा सार्वजनिक हुन्थे । विभिन्न आशंका र अनेकताका खबर पनि आउने गरेका थिए । तर बुधबार ११ बजे पछिका घटनाक्रमहरु एकाएक सार्वजनिक हुन थाले । जुन विगतमा घोषणा गरिएजस्तै अप्रत्यासित लाग्ने खालका थिए ।

बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच एक्काएक्लै वार्ता भयो । वार्तामा सहजीकरण र आवश्यक सहयोगको जिम्मेवारीमा नेताद्वय विष्णु पौडेल र जनार्दन शर्मा हुनुहुन्थ्यो । सो बैठकले एकता घोषणा गर्न एकता समितिको बैठक बोलाउने निर्णय गरेको थियो । बुधबारै अपराह्न ४ बजे एमाले स्थायी समिति बैठक बस्यो र पार्टी एकताका लागि भएको सहमति अनुमोदन गरियो । बुधबार नै माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्यो र एकता घोषणा अनुमोदन गर्ने निर्णय ग¥यो ।

विहिवार विहान आठ बजे २५ औं मदन आश्रित स्मृतिमा पहिलो पटक ओली र दाहाल सहभागी हुनुभयो । सो लगत्तै विहान ११ बजे पार्टी एकता संयोजन समितिको बैठक बस्यो । सो बैठकलगत्तै एमाले केन्द्रीय समितिको बैठक बस्यो ।

सो लगत्तै माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक बस्यो । एकताको सम्पूर्ण प्रक्रिया बारेमा अध्यक्ष दाहालले जानकारी गराउनुभयो । अपराह्न १५ बजे दुवै पार्टीको संयुक्त केन्द्रीय समितिको बैठक बालुवाटारमा बस्यो र एमाले तथा माओवादी केन्द्र विघटन गरी नेकपाको सदस्यका हैसियतले शपथ ग्रहण गराइयो ।

शपथ ग्रहणलगत्तै निर्वाचन आयोग पुगेर एकीकृत पार्टीले पार्टी दर्ताका लागि निवेदन दियो । साँझ राष्ट्रियसभा गृहमा घोषणासभाको आयोजना गरेर दुवै पार्टी एक भएको जानकारी दिइयो ।

एकीकृत पार्टीको राष्ट्रियसभामा कूल ५९ सदस्यमध्ये ४२ सदस्य छन् । यस्तै प्रतिनिधिसभाका २७५ सांसदमध्ये यो पार्टीको १७४ सांसद छन् । त्यो कूल संख्याको ६३ दशमलव ५० प्रतिशत हो ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यो पार्टीले ४७ प्रतिशत लोकप्रिय मत प्राप्त गरेको थियो ।

निर्वाचन आयोगले सदर गरेको ९५ लाख ४४ हजार ७७९ मत मध्ये ४४ लाख ७७ हजार २१५ मत एकीकृत पार्टीको रहेको छ ।

सात वटा प्रदेशमध्ये छ वटा प्रदेशमा सोही पार्टीको बहुमत छ भने प्रदेशसभाका ५५० सदस्यमध्ये ३५१ जना नेकपाको प्रदेश सांसद छन् । यस्तै स्थानीय तहमा समेत सोही पार्टीको बहुमत छ ।  एकतापछि नेपालको इतिहासमा यो नै पहिलो र ठूलो शक्तिशाली कम्युनिस्ट पार्टीको रुपमा स्थापित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com