एजेन्सी । तर फ्रान्सको राजधानी पेरिसमा एउटा ‘आर्ट म्युजियम’मा निर्वस्त्र मानिसहरुले निर्वाध अवलोकन गरेका छन् । सुन्दा पत्याउन गाह्रो पर्ला तर सो म्युजियमको अवलोकन गर्न आउने मानिसहरु पूर्ण रुपमा निर्वस्त्र थिए, चाहे पुरुष हुन् या महिला ।
यो ‘आर्ट म्युजियम’को नाम हो, ‘पलाइस डि टोक्यो’ । यो ‘आर्ट म्युजियम’मा अन्य समयमा कपडा लगाएका मानिसहरु आउने भएपनि न्युड एक्जिविसन (नग्न प्रदर्शनी) भएको सो दिन भने अवलोकन गर्न आउने मानिसहरु निर्वस्त्र थिए । उनीहरु निर्वस्त्र भएपनि उनीहरुलाई अरुको शरीरमा भने कुनै वास्ता हुँदैन । मानिसहरु भित्तामा झुण्डाइएका कलात्मक चित्रहरुमा एकटकले घोरिइरहेको देख्न सकिन्थ्यो । मानिसहरुले यो म्युजियम घुम्नको लागि कपडा लगाएर आएको भएपनि त्यहाँ पस्नु अघि बाहिरै खोल्छन् ।
अचम्मको कुरा यहाँ आउने मानिसहरु निर्वस्त्र भएपनि त्यहाँ गाइडहरुले भने कपडा लगाएका हुन्छन् । फ्रान्समा निर्वस्त्र मानिसहरुलाई प्रवेशाज्ञा दिने यो ‘आर्ट म्युजियम’ पहिलो हो । गत मार्चमा सञ्चालन भएदेखि यसले मानिसको आकर्षण पनि राम्रो गरिरहेको छ । यहाँ विभिन्न एतिहासिक तथा प्राचिन मुर्तिकला र चित्रकला राखिएको छ, जसमध्ये केही राजनीतिसँग पनि सम्बन्धी छन् । संसारका विभिन्न स्थानमा न्युडिष्ट एशोसियसनले यस्ता कार्यक्रमहरुको आयोजना गर्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्