ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमबिबीएसमा निकालिदिने भन्दै १० लाख ठगी


एबीसी न्यूज
बैशाख ३१, २०७५ सोमबार   १० : ४३   बजे

 

लहान, ३१ वैशाख।  एमबिबीएसमा छोरीको नाम निकालिदिने भन्दै रामसोभित महतोले आफूसँग रु १० लाख ठगी गरेको सिरहाको सुखीपुर–८ निवासी सन्तोषी महतोले गुनासो गरेकी छन् ।

सिरहाकै औरही गाउँपालिका–२ तुलसीपुर निवासी रामसोभित महतोले छोरीको नाममा एमबिबीएसमा निकालिदिने भन्दै गत भदौ २५ गते र पाँच लाख र भदौ २७ गते रु पाँच लाख गरी रु १० लाख रकम लिएको पीडित रामेश्वर महतोका पत्नि सन्तोषी महतोको दुखेसो छ ।

सन्तोषी महतोले आइतबार साँझ लहानमा पत्रकार सम्मेलन गरि छोरी निलमको केयूबाट नाम निकाल्ने आफ्नो जिम्मेवारी हो भन्दै रामसोभित महतोले आफूसँग दुई पटकमा रु १० लाख लिएको आरोप लगाउनुभएको छ ।

जेनतेन व्यवस्था गरेर रामसोभितलाई रु १० लाख दिए सन्तोषीले भन्नुभयो– “तर, छोरीको नाम निस्किएन, ‘पैसा फिर्ता माग गर्दा रामसोभितले आइओएम र त्यसपछि पाटनबाट नाम निकाल्ने भनेका थिए ।” कहीँकतैबाट नाम नकालिदिएपछि रामसोभित यतिबेला सम्पर्कविहीन भएको सन्तोषीको भनाइ छ । रामसोभित पीडित रामेश्वर महतोका आफ्नै जेठा दाजु रामनारायण महतोका ज्वाइँ हुन् ।

रामसोभित महतो सिरहा छाडेर हाल काठमाडौँ महानगरपालिका–९ गौशालास्थित रासविता टुर्स एण्ड ट्राभल्स कार्यालय सञ्चालन गर्दै आएका छन् । रामसोभितले लिएको रकम फिर्ता गराई दिन प्रहरी प्रशासनदेखि गाउँपालिकासम्म धाए तर अहिलेसम्म कुनै उपलब्धि हासिल नभएको रामेश्वर महतोको गुनासो छ ।

न्यायका लागि कानूनी उपचार गर्न खोज्दा रामसोभितले कानूनी प्रक्रियामा नजानु भन्दै आफूहरूलाई पटकपटक धम्की दिँदै आएको सन्तोषी र उहाँका पति रामेश्वरले दुखेसो सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै

जडीबुटीमा गोली चलाएर प्रहरीले लुटेरालाई समात्यो

सम्बन्धित

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै

राप्रपा फुटको संघारमा, कार्यकर्तालाई एकजुट हुन तीन पूर्वअध्यक्षको अपिल

विद्युत् उपभोगमा भ्याट लगाएर जनताको ढाड सेक्न खोजियो : शङ्कर पोखरेल

विद्युतीय सवारीमा ‘करको प्रहार’: वातावरणमैत्री नीति कि उपभोक्तामाथि दोहोरो मार?

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

भारतमा रवि लामिछानेले नेपालीसँग अन्तर्क्रिया गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group