ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दीपको डेब्यू खेलमा उत्कृष्ट प्रदर्शन तर दिल्ली बेंग्लोरसँग ५ विकेटले पराजित


एबीसी न्यूज

वैशाख ३० – नेपाली युवा बलर सन्दीप लामिछानेले शनिबार आईपीएलीमा डेब्यू गरे । प्लेअफमा पुग्ने सम्भावना सकिएको दिल्लीले दुई जना युवा खेलाडीलाई पहिलो पटक आईपीएल टिममा समावेश गर्दा दुवैले उत्कृष्ट प्रदर्शन गरे । बलिङ तर्फ १७ वर्षीय सन्दीप लामिछानेले किफायती बलिङ गरे भने ब्याटिङतर्फ डेब्यू गरेका भारतको यू–१९ टिमका अविषेक शर्माले पनि आक्रामक ब्याटिङ गरे । तर दिल्ली बेंग्लोरसँग ५ विकेटले पराजित भयो ।

बेंग्लोरविरुद्ध १८१ रनको योगफल रक्षा गर्ने क्रममा ओपनिङ बलिङ गरेका सन्दीपले चार ओभर बलिङ गर्दै ६.२५ को औसतमा २५ रन खर्चिएर १ विकेट पनि लिए । यो खेलमा सन्दीप सबैभन्दा किफायती बलर समेत बने । सन्दीपले आफ्नो दोस्रो ओभरमा पार्थीव पटेललाई एलबीडब्ल्युको धरापमा पारे ।

पहिलो ओभरमा सन्दीपले तीन वटा डट बल फाल्दै ६ रन दिएका थिए । टिमको तेस्रो र आफ्नो दोस्रो ओभरमा सन्दीपले चौथो बलमा पार्थीव पटेललाई एलबीडब्ल्युको धरापमा पारे । उनले दोस्रो ओभरमा ५ रनमात्र दिए ।

बलिङतर्फ ट्रेन्ट बोल्टले २ विकेट लिए भने हर्सल पटेल र अमित मिश्राले पनि १–१ विकेट लिए ।

१८२ रनको बैंग्लोरले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । बेंग्लोरका लागि कप्तान विराट कोहली र एबी डि भिलियर्सले उत्कृष्ट ब्याटिङ गरे । डि भिलियर्सले ३७ बलमा ६ छक्का र चार चौका प्रहार गर्दै ७२ रन बनाए भने कोहलीले ४० बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ७० रन जोडे ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । १६ रन हुँदा दुई विकेट गुमाएको दिल्लीका लागि रिसव पन्त र कप्तान श्रेयस ऐरले ९७ रनको बलियो साझेदारी गरे । पन्तले ३४ बलमा ६१ रन बनाए भने ऐयरले ब्यक्तिगत ३२ रन जोडे ।

दिल्लीबाट आईपीएल डेब्यू गरेका अर्का खेलाडी अविषेक शर्माले १९ बलमा ४६ रनको उत्कृष्ट इनिङ खेले । बलिङतर्फ युज्वेन्दर चाहलले २ विकेट लिए । जितसँगै बेंग्लोरले प्लेअफमा पुग्ने सम्भावना जिवितै राखेको छ । बेंग्लाेरले ११ खेलबाट ८ अंक जोडेको छ । दिल्लीको प्लेअफ पुग्ने सम्भावना सकिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com