ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवाहमा दुहलीले लिन्छिन् यी सात वचन


admin

काठमाडौं, हिन्दू धर्ममा विवाहलाई १६ संस्कारमध्ये प्रमुख मानिएको छ। विवाहका क्रममा वरवधुले अनेक परम्पराहरु पालना गर्नु पर्दछ, त्यसमध्ये सात फेरा र सात बचन पनि प्रमुख हुन् ।

विवाहका क्रममा वधुले वरबाट सात बचन माग्छिन् । त्यसपछि मात्रै विवाह पूर्ण भएको मानिन्छ । ती सात बचन यसप्रकार छन्ः

पहिलो बचन

तीर्थव्रतोद्यापन यज्ञकर्म मया सहैव प्रियवयं कुर्यास्

वामांगमायामि तदा त्वदीयं ब्रवीति वाक्यं प्रथमं कुमारी

अर्थ–यो बचनमा कन्या वरसँग भन्छिन् कि यदि तपाई कुनै ब्रत–उपवास वा अन्य कुनै धार्मिक काम वा तीर्थयात्रामा जानुभयो भने साथमा मलाई पनि साथमा लिएर जानु होला । यदि तपाई यो कुरा स्वीकार गर्नु हुन्छ भने म तपाईको वामांग अर्थात देब्रेतफए आउन स्वीकार गर्दछु ।

दोस्रो बचन

पुज्यौ यथा स्वौ पितरौ ममापि तथेशभक्तो निजकर्म कुर्यास्

वामांगमायामि तदा त्वदीयं ब्रवीति कन्या वचनं द्वितीयम

अर्थ–दोस्रो बचनमा कन्याले भन्छिन् कि तपाईले आफ्नो आमाबाबुलाई जस्तै मेरा आमाबाबुलाई पनि सम्मान गर्नुहुनेछ र परिवारको मर्यादाको पालन गर्नुहुनेछ । यदि तपाई यो कुरा स्वीकार गर्नु हुन्छ भने म तपाईको वामांग अर्थात देब्रेतर्फ आउन स्वीकार गर्दछु ।

तेस्रो बचन

जीवनम अवस्थात्रये मम पालनां कुर्यात

वामांगंयामि तदा त्वदीयं ब्रवीति कन्या वचनं तृ्तीयं

अर्थ–तेस्रो बचनमा कन्याले भन्छिन् कि तपाई जीवनको तीनै अवस्थामा ९युवावस्था, प्रौढावस्था र वृद्धावस्था०मा मेरो पालन गर्नुहुनेछ । यदि तपाई यो कुरा स्वीकार गर्नु हुन्छ भने तपाईको वामांग अर्थात देब्रेतर्फ आउन स्वीकार गर्दछु ।

चौथो बचन

कुटुम्बसंपालनसर्वकार्य कर्तु प्रतिज्ञां यदि कातं कुर्यास्

वामांगमायामि तदा त्वदीयं ब्रवीति कन्या वचनं चतुर्थं

अर्थ–चौथो बचनमा कन्याले भन्छिन् कि अब हामी विवाह बन्धनमा बाँधिदैछौ, त्यसैले भविष्यमा परिवारको सबै आवश्यकताहरुको पूर्तिको जिम्मेवारी तपाईको काँधमा हुनेछ । यदि तपाई यो कुरा स्वीकार गर्नुहुन्छ भने म तपाईको वामांग अर्थात देब्रेतर्फ आउन स्वीकार गर्दछु ।

पाँचौ बचन

स्वसद्यकार्ये व्यवहारकर्मण्ये व्यये मामापि मन्त्रयेथा

वामांगमायामि तदा त्वदीयं ब्रूते वचस् पंचमत्र कन्या

अर्थ–यो बचनमा कन्याले वरसँग भन्छिन् कि तपाई घरको काममा, विवाह आदि, लेनदेन र अन्य कुनै खर्च गर्ने बेलामा तपाई मेरो राय लिने गर्नुहुनेछ, तपाई यो कुरा स्वीकार गर्नुहुन्छ भने म तपाईको देब्रेतर्फ आउन स्वीकार गर्दछु ।

छैटौ बचन

न मेपमानमं सविधे सखीनां द्यूतं न वा दुर्व्यसनं भंजश्चेत

वामाम्गमायामि तदा त्वदीयं ब्रवीति कन्या वचनं च षष्ठम

अर्थ–यो बचनमा कन्याले वरसँग भन्छिन् कि यदि म कुनै बेला साथीका साथ छु भने तपाई सबैका सामु कहिल्यै पनि मेरो अपमान गर्नुहुने छैन । बचन वा अन्य कुनै पनि प्रकारको खराब व्यवहार आफूदेखि टाढा राख्न तयार हुनुहुन्छ भने म तपाईको वामांग अर्थात देब्रेतर्फ आउन स्वीकार गर्दछु ।

सातौ बचन

परस्त्रियं मातृसमां समीक्ष्य स्नेहं सदा चेन्मयि कान्त कुर्या

वामांगमायामि तदा त्वदीयं ब्रूते वचस् सप्तममत्र कन्या

अर्थ–यो अन्तिम बचनमा कन्याले वरसँग भन्छिन् कि तपाई पराइ स्त्रीहरुलाई आमा समान ठान्नु हुनेछ र श्रीमान÷श्रीमतीको आपसी प्रेमका बिच अरु कसैलाई पनि ल्याउनु हुने छैन । यदि तपाई यो बचन दिनु हुन्छ भने म तपाईको देब्रेतर्फ आउन स्वीकार गर्दछु ।

राजमार्ग

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com