काठमाडौं, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १ अर्ब सहायता दिने घोषणा गरेका छन् ।
जनकपुरधामको रंगभूमि मैदान बारहबिघामा शुक्रबार नागरिक अभिनन्दन ग्रहणपछिको सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल सरकार र प्रदेशसरकारको योजनामार्फत भारतले जनकपुर र आसपासको विकासका लागि एक सय करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।
उनले प्रदेश सरकार र केन्द्र सरकारले समन्वय गरेर परियोजना छनोट गर्ने बताए । यस्तै आजै नेपाल भारत जोड्ने रामायण सर्किट रुटको पनि उद्घाटन गरिएको छ।







प्रतिक्रिया दिनुहोस्