ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बयोवृद्ध वैज्ञानिकले स्वेच्छिक मृत्युवरण रोजे, जीवनको सम्मानजनक अन्त्य गर्न चाहेको भनाई


admin

काठमाडौं, २८ वैशाख । लण्डनमा जन्मिएका महान बेज्ञानिक डा डेभिड गुडअलले स्वेच्छिक प्राण त्याग गरेका छन् । १ सय ४ वर्षिय बयोवृद्ध गुडअलले स्विटजरल्याण्डमा प्राण त्याग गरेका हुन् ।

अधिकांश समय अष्ट्रेलियामा बसेका गुडअल बोटनी र पर्यावरणका प्रख्यात वैज्ञानिक थिए । इच्छा मृत्युको क्षेत्रमा क्रियाशील संस्था एक्जिट इन्टरनेशनलले गुडअललाई आफ्नो जीवन अन्त्य गर्न सहयोग गरेको हो । एक्जिट इन्टरनेशनलका संस्थापक फिलिप नित्जेले गुडअलको मृत्यु भएको औपचारिक जानकारी दिएका छन् । उनले भने, ‘स्विटजरल्याण्डको बेसलस्थित लाइफ साइकल क्लिनिकमा विद्वान वैज्ञानिकको शान्तिपूर्ण निधन १०ः३० मा भयो ।’

गुडअलले अन्तिम भोजनको रुपमा माछा र चिप्ससँगै चीजले बनेको केक खाएका थिए । उनले विथोवनको ‘ओड टु जोई’ संगीत सुनेका थिए । आफ्नो जिन्दगी अन्त्यका लागि उनले ३ मेमा अष्ट्रेलियास्थित घर छाडेर स्विटजरल्याण्ड गएका थिए ।

उनले जीवनको सम्मानजनक अन्त्य गर्न चाहेको बतएका थिए। ‘मेरो स्वतन्त्रता खोसिँदैछ त्यसैले स्वेच्छिक मृत्युवरण रोजें । विगत करिब एक वर्षदेखि मेरो जीवन राम्रो थिएन । म यसलाई अन्त्य गर्न पाउँदा निकै खुसी छु ।’ उनले भनेका थिए, ‘मेरो मृत्युको चर्चाले वृद्धवृद्धाको इच्छा मृत्युको अधिकारको मागलाई बल मिल्ने छ । म पनि यही चाहान्छु ।’

वैज्ञानिक डा. गुडअलले स्वेच्छिक मृत्युवरण रोजेपछि यसले विश्वव्यापी चर्चा पाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com