ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले इरानसँगको पारमाणविक सम्झौतामा कायम रहने या नरहनेबारे आज साँझ घोषणा गर्ने


एबीसी न्यूज

वाशिङटन, २५ वैशाख । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौतामा कायम रहने या नरहनेबारे आज साँझ घोषणा गर्ने बताएका छन् ।
लामो समयदेखिका प्रतिबन्ध खुकुलो गर्ने शर्तमा आफ्ना पारमाणविक गतिविधि बन्द गर्ने वाचा गरिएको अन्तर्राष्ट्रिय सहमतिको ट्रम्प कटु आलोचक रहँदै आएका छन् । सहमतिका अन्य हस्ताक्षरकर्ता ब्रिटेन, फ्रान्स र जर्मनीले उनलाई सहमतिबाट पछि नहट्न भनिरहेका छन् । फ्रान्सका विदेशमन्त्रीले ट्रम्पबाट जस्तो निर्णय आए पनि आफूहरू सम्झौताको पक्षमा उभिरहने बताएका छन् ।

हाल वाशिङटनको भ्रमणमा रहेका ब्रिटेनका विदेशमन्त्री बोरिस जनसनले अमेरिकी टेलिभिजनहरूलाई अन्तरवार्ता दिँदै सम्झौतालाई खारेज नगर्न आग्रह गरेका छन् ।

ट्रम्पलाई सहमत गराउने प्रयास गरिरहेका युरोपेली देशहरूले यसै हप्ताको अन्त्यमा इरानसँगको पारमाणविक सम्झौताबारे अमेरिकी निर्णय आउने अपेक्षा गरिरहेको भएपनि ट्विटरमार्फत ट्रम्पले पछिल्लो जानकारी दिएका हुन् । सम्झौतामा अडिग रहन आग्रह गर्दै वाशिङटन पुग्ने ब्रिटेनका विदेशमन्त्री पछिल्ला युरोपेली कूटनीतिज्ञ थिए ।

उनले ट्रम्पसँग भेटघाट गरेका छैनन् । तर ट्रम्पको सबैभन्दा प्रिय केबल समाचार च्यानलको कार्यक्रम ’फोक्स एण्ड फ्रेन्ड्रस’मा उपस्थित भएर आफ्नो सन्देश दिएका छन् ।

उनले सम्झौतामा केही त्रुटिहरू भएपनि त्यसले इरानलाई परमाणु अस्त्र बनाउनबाट रोकिरहेको र अहिले त्योभन्दा अर्को राम्रो उपाय नभएको बताए । तर ट्रम्प प्रशासनका अधिकारीहरूले सम्झौता खारेज गर्ने पक्षमा नै राष्ट्रपति उन्मुख रहेको बताए । सबैभन्दा महत्वपूर्ण प्रश्न चाहिँ इस्लामवादी देशविरुद्ध पुन प्रतिबन्ध लगाउने घोषणा गरिरहँदा ट्रम्पले इरानसँग व्यापार गर्ने अन्य देशहरूविरुद्ध दण्डात्मक कदमहरू पनि समावेश गर्छन कि गर्दैनन् भन्ने हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com