ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्पादन दोब्बर भएपछि किसान उत्साहित


admin
श्रावण २३, २०७४ सोमबार  ३ : १० बजे

खोटाङ, २३ साउन । उन्नत जातको बीउबाट मकै उत्पादन दोब्बर वृद्घि भएपछि किसान उत्साहित बनेका छन् । उनीहरु सो बीउप्रति आकर्षित भएका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाका बडहरे, च्यास्मिटार, दुर्छिम, बाहुनीडाँडाका किसानले मनोकामना–३ जातको मकैको बीउ प्रयोग गर्दा उत्पादनमा स्थानीय जातको भन्दा दोब्बरले वृद्घि भएको छ । स्थानीय जातको भन्दा ठूलो बोट भएको मनोकामना–३ जातको मकैमा घोगा पनि ठूलै लाग्ने गरको बडहरेकी गंगादेवी दाहालले बताउनुभयो ।

स्थानीय नमुना कृषक समूहकी सचिवसमेत रहनुभएका दाहालका अनुसार हाल सो स्थानका कृषक मनोकामना–३ जातको मकैको बीउ प्रयोग गर्न उत्साहित बनेका छन् । जिल्ला कृषि विकास कार्यालय तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘जोन’सँगको समन्वयमा नवकिरण सेवा समाज दुर्छिम र सवल परियोजनाको साझेदारीमा बीए वितरण गरिएको हो ।

पारिजात कृषक समूहका अध्यक्ष जीवनाथ दाहालका अनुसार परियोजनाले सो क्षेत्रका कृषक समूहलाई १२० किलो बीउ वितरण गरेको छ । उत्पादित मकैलाई बीउकै रुपमा मात्र प्रयोग गर्ने योजना बनाएको उहाँको भनाइ छ । एक क्विन्टल बीउबाट करिब १० मेट्रिक टन मकै उत्पादन हुने अनुमान गरिएको छ ।

मनोकामना–३ जातको मकै सो क्षेत्रको मौसम अनुकूल भएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत फुलकुमार शाहले बताउनुभयो । जिल्लामा उत्पादन भएको बीउ ओखलढुंगा, उदयपुर, सोलुखुम्बुलगायत जिल्लाका कृषकले समेत माग गरिरहेका उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नीति बिना यात्रा, एजेन्डा बिना भाषण : बालेन्द्रको देश दौडाहा के संकेत हो?

मकवानपुर–१ मा पटक–पटक चुनाव लडेका पुराना उम्मेदवारलाई नयाँ अनुहारको चुनौती

सम्बन्धित

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड ,तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com