ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एन्फाको नयाँ नेतृत्व चयन हुँदै


एबीसी न्यूज

 

काठमाडौँ, २२ वैशाख । ललितपुरमा आज बिहान शुरु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को १६ औं साधारण सभाले आजै साँझ सम्ममा नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

एक अध्यक्ष, चार उपाध्यक्ष र ११ सदस्य चयन गर्न आयोजना भएको साधारणसभाको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गर्नुभयो । निर्वाचनमा जिल्ला खेलकूद तथा क्लबका गरी ७७ जनाले मतदान गर्नेछन् ।

अध्यक्ष पदमा दुई, उपाध्यक्षका लागि नौ र सदस्यका निम्ति २९ जना निर्वाचनको मैदानमा होमिएका छन् । महिला सदस्यमा भने पेमा लामा निर्विरोध निर्वाचित हुनुभएको छ ।

साधारण सभाको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले राष्ट्रको गौरव बढाउने खेलकूद क्षेत्रको विकासका लागि सरकारबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सीमित स्रोत र साधनका कारण देशको प्रतिष्ठा बढाउन योगदान गर्ने खेलकूद क्षेत्रमा पर्याप्त लगानी गर्न नसकिएको स्वीकार गर्दै उहाँले समाजमा सकारात्मक प्रभाव पार्ने खेलकूद क्षेत्रलाई सरकारले उच्च महत्व दिएको बताउनुभयो ।

एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठको सभापतित्वमा भएको उक्त सभामा सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पारदर्शीता र जवाफदेहिता स्थापित नभएसम्म लोकतन्त्र बलियो हुँदैन भन्दै खेलकूदसँग सम्बन्धित सबै संघ संस्था तथा क्लबका गतिविधि पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो । सभामा महासचिव धीरेन्द्र प्रधानले एन्फाका गतिविधिबारे जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com