ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

उत्तर र दक्षिण कोरियाका नेताबीच ऐतिहासिक भेटवार्ता


abc


काठमाडौं,१४, वैशाख । आज भएको दक्षिण कोरिया र उत्तर कोरियाविचको भेट वार्तालाई यसलाई ऐतिहासिक भेटका रुपमा लगिएको छ । यसले विगत ६ दशकदेखि विभाजित कोरियाली प्रायद्विपमा शान्ति आउनसक्ने आस गरिँदैछ ।

शुक्रबार विहान उत्तर कोरियाली नेता किम जोङ्ग उनलाई दक्षिण कोरियाली राष्ट्रपति मून जाय–इनले दुई देशलाई छुट्टाउने गैरसैनिक क्षेत्रमा भेटर्वाता भएको छ । यो भेट दुई देशका शीर्ष नेताहरुबीचमा सन् २००७ पछिको पहिलो पटक भेट हो ।
यो वार्ताको परणामले यो पुस्ताको सबैभन्दा महत्वपूर्ण वार्ताको रुपमा बताइएको किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेट निर्धारण हुनेछ । उनीहरु बीचमा मे वा जुनको शुरुमा भेट हुनेछ ।

यसरी भएको छ वार्ता

किमले दुई देशलाई छुट्याउने रङ्गाइएको ‘मिलिटरी डेमार्केशन लाइन’ पार गरेका छन् । उनी स्थानीय समयको विहान ९ः३० नेपाली समय ५ः१५ विहान मा गैरसैनिक क्षेत्रको दक्षिण भाग भेट भएको छ । त्यसलाई करोडौँले प्रत्यक्ष प्रशारण मार्फत हेरेका छन् ।

त्यहाँ उनले राष्ट्रपति मूनलाई भेटेपछि दुईले गैर सैनिक क्षेत्रमा रहेका ‘सम्झौता गाँउ’मा रहेको ‘पिस हाउस’ भनिने सभा हलमा छोटो यात्रा गर्ने कार्यक्रम रहेका छ ।
दक्षिण कोरियाले धेरैको नजर हुने यो वार्ताको तयारीमा कुनै कमि भएको छैन। उनीहरु भेट्ने कोठालाई दुई देशको सम्बन्धका धेरै संकेतहरु राखेर डिजाइन गरिएको संचार माध्यमले जनाएका छन् ।

खाजाको लागि ब्रेक पछि किम र मूनले एक धुपीको बिरुवालाई दक्षिण कोरियाको माउण्ट हल्ला र उत्तर कोरियाको माउण्ट बेइक्दुबाट ल्याइएको माटो प्रयोग गरेर रोप्नेछन् । दिनभर विभिन्न चरणमा दुई देशको गुण भएका उपहार आदानप्रदान हुनेछ कार्यक्रम तय भएको छ ।

के हासिल हुने सम्भावना छ ?
वार्ताका मुख्य तीन विषय छन् – कोरियाली प्रायद्विपको आणविक निसशस्त्रीकरण, द्विपक्षिय सम्बन्धमा सुधार र आधिकारिक शान्ति सम्झौता । कोरियाली प्रायद्विपमा सन् १९५० देखि १९५३ भएको युद्ध सन् १९५३ मा भएको शान्तिवार्ता पछि रोकिएको थियो । तर कुनै सम्झौता नभएकाले प्राविधिकरुपमा हाल पनि दुबै देश युद्धमा रहेको मानिन्छ ।

यस वार्ताको सबैभन्दा जटिल मुद्धा भनेको उत्तर कोरियाको आणविक कार्यक्रम हुनेछ । किमले उनको बुवा वा हजुरबुवाले भन्दा धेरै मिसाइल परिक्षण सञ्चालन गरिसकेका छन् । उनले आफुसँग अमेरिकाको मुलभूमीसम्म मार हान्न सक्ने लामो दुरी मिसाइल भएको दावी गरिरहेका छन् ।

तर विश्लेषकहरुले यी नरमतालाई शंकाको नजरले हेरेका छन् । उनीहरुले आणविक निसशस्त्रीकरण वार्ताको सबैभन्दा जटिल मुद्दा हुने बताउदै किम आफ्नो आणविक हतियार त्याग्न साँच्चै तयार नदेखिएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गुडिरहेको एम्बुलेन्सबाट सात जना कोरोना संक्रमित भागे

महेन्द्रनगर , ९ बैशाख । कैलालीमा आइसोलेसन सेन्टरमा लैजाने क्रममा कोरोना पोजेटिभ सात जना एम्बुलेन्सबाटै भागेका छन्। बिहीबार गौरीफण्टा हुँदै नेपाल आएका सात जना भारतीय

राष्ट्रियसभा उपनिर्वाचन जेठ ६ गते, दल दर्ताको लागि वैशाख १४ गतेसम्मको म्याद

काठमाडौँ, ९ बैशाख।   निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई कारवाही गरेपछि रिक्त रहेको स्थानमा जेठ ६ गते उपनिर्वाचन गर्ने भएको छ

अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक

काठमाडौँ, ९ बैशाख।   कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले सर्वसाधारणलाई पशुपति मन्दिर दर्शनमा रोक लगाइएको छ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका

सम्बन्धित

पाकिस्तानको एक होटलमा विस्फोट, कम्तीमा चार जनाको ज्यान गयो

भारतमा कोरोना नियन्त्रण भन्दा बाहिर : एकैदिन ३ लाख १६ हजार संक्रमित , २ हजार १ सय २ जनाको मृत्यु

 मेक्सिकोमा आप्रवासी बालबालिकाको संख्या बढ्यो

महाराष्ट्रको एक अस्पतालमा चुहावटका कारण अक्सिजन नपाएर धेरै बिरामीकाे ज्यान गयो

अफगानिस्तानमा सेनाको कारबाहीमा १५ तालिबान लडाकू मारिए

लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com