ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिपिएल : फाइनलमा धनगढी र काठमाडौँ भिड्ने


admin

धनगढी, २९ चैत । यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेलमा शुक्रबार टिम चौराह धनगढी र काठमाडौँ गोल्डेन्स भिड्ने भएका छन् ।

आजको खेलमा महेन्द्रनगर युनाइटेडलाई काठमाडौँ गोल्डेन्सले पाँच विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा आज सम्पन्न प्रतियोगिताको दोस्रो क्वालिफायरमा काठमाडौँले टस जितेपछि महेन्द्रनगरले ब्याटिङ गरेको थियो । महेन्द्रनगरले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय ४२ रन बनायो ।

काठमाडौँले एक सय ४३ रनको विजय लक्ष्य १८ दशमलव दुई ओभरमा पाँच विकेट गुमाएर पुरा ग¥यो । काठमाडौँका लागि सुबोथ भाटीले १८ बलमा ५२ रन बनाए । उनले १८ बलमा पाँच छक्का र चार चौका प्रहार गरे । अमित श्रेष्ठले १९ बलमा पाँच चौकासहित २६, कप्तान ज्ञानेन्द्र मल्लले २५ तथा भूपेन्द्र थापाले २१ बलमा १५ रन बनाए ।

बलिङतर्फ महेन्द्रनगरका लागि पुनित मेहराले दुई तथा भुवन कार्की, पुनित विष्ट र रवीन क्षत्रीले एक÷एक विकेट लिए ।

यसअघि ब्याटिङ गर्ने क्रममा महेन्द्रनगरले पाँच ओभरमा १० रन बनाउँदै ६ विकेट गुमाएको थियो । ती सबै विकेट सन्नी पटेल एक्लैले लिएका थिए । आरिफ शेख र पुनित मेहराले महेन्द्रनगरलाई सम्मानजनक स्कोरसम्म पु-याए । मेहराले ५८ तथा शेखले ४३ रन बनाए । मेहराले ४२ बलमा चार छक्का र चार चौका प्रहार गरे भने शेखले ३९ बल खेल्दै एक छक्का र चार चौका हाने । करण केसीले १२ बलमा दुई छक्कासहित २१ रन बनाए ।

बलिङतर्फ प्लेयर अफ द म्याच भएका कठमाडौका सन्नी पटेलले चार ओभरमा एक मेडन राख्दै १० रन खर्चेर ६ विकेट लिए । उनी डिपिएल क्रिकेटको एउटै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बने । यस्तै सुबोथ भाटी र पुष्प थापाले एक÷एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुन्धाराको सडकमा दुई मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु

अमेरिका र चीनसँग व्यापार युद्ध निष्क्रिय पार्न १४५ % ट्यारिफलाई ३०% मा झार्न सहमत

सम्बन्धित

महिला टी–२० विश्वकप एसिया छनोट : नेपालले बहराइनलाई हरायो

आईपीएल क्रिकेटमा कोलकाता चेन्नईसँग पराजित

आईपीएल क्रिकेटमा दिल्ली र हैदरबादको खेल वर्षाका कारण रद्द

आईपीएल क्रिकेटमा गुजरातले हैदराबादलाई ३८ रनले हरायोः आज बेङ्गलुरु र चेन्नईको खेल

नवौं पोखरा स्पोर्ट्स अवार्ड : चार वटा विधामा मनोनयन सार्वजनिक

च्याम्पियन्स लिग सेमीफाइनलको पहिलो लेगमा पीएसजीले आर्सनललाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com