ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धुनीबेशी–६ मा सफा चुलो वितरण सुरु, ५०० घरपरिवार लाभान्वित हुने


एबीसी न्यूज
बैशाख २५, २०८३ शुक्रबार   ४ : २८   बजे

काठमाडौं, २५ वैशाख । नेपालका लागि ‘सफा चुलो परियोजना कार्यक्रम’ अन्तर्गत धादिङको धुनीबेशी नगरपालिका–६ मा आजदेखि आधुनिक सफा चुलो वितरण सुरु गरिएको छ।

कार्यक्रमको उद्घाटन वडा अध्यक्ष एवं नगर प्रवक्ता रमेश प्रसाद आचार्य र ग्रीनोभा संस्था की प्रबन्धक जननी मगर ले संयुक्त रूपमा गर्नुभएको हो।

चुलो वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष आचार्यले यस अभियानबाट दाउरा प्रयोग गर्दै आएका करिब ५०० घरपरिवार प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो। उहाँले परम्परागत चुलोको प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै वन विनाश र वातावरणीय समस्या बढिरहेको उल्लेख गर्दै सफा चुलोले स्थानीय नागरिकको जीवनस्तर सुधारमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै ग्रीनोभा संस्थाकी प्रबन्धक जननी मगरले विश्वव्यापी रूपमा वातावरणीय संकट गहिरिँदै गएको अवस्थामा नेपालजस्ता मुलुकमा वैकल्पिक र स्वच्छ ऊर्जाको प्रयोग आवश्यक रहेको बताउनुभयो। उहाँले ग्यास अभाव, परम्परागत धुवाँयुक्त चुलोबाट हुने स्वास्थ्य समस्या तथा समयको बर्बादीलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार सफा चुलोको प्रयोगले नागरिकको स्वास्थ्य संरक्षण, समय बचत, आर्थिक भार न्यूनीकरण तथा वातावरण संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

वडा भरिका ५०० भन्दा बढी घरपरिवारलाई वितरण गरिने यी चुलोहरू चीनका सहयोगी नागरिकहरूको सहयोगमा उपलब्ध गराइएको जनाइएको छ। निःशुल्क रूपमा वितरण गरिएको उक्त चुलो नेपाल आइपुग्दा प्रतिचुलोको लागत १० हजार रुपैयाँभन्दा बढी पर्ने संस्थाका प्रतिनिधिहरूले बताएका छन्।

संस्थाका अनुसार यी चुलोहरू बजारमा सर्वसाधारणले सहज रूपमा खरिद गर्न नपाइने विशेष प्रकारका ऊर्जा–दक्ष उपकरण हुन्। कार्यक्रममार्फत ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्ने र वातावरणमैत्री जीवनशैली विकास गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा दैलेख कार्यालयमा तालाबन्दी, पदाधिकारी घोषणापछि चुलियो विवाद

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

सम्बन्धित

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group