ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं. ३ को प्रदेश संसद बैठकमा दुईवटा विधेयक पारित


admin

हेटौंडा, २५ चैत । प्रदेश नं. ३ को प्रदेश संसदको प्रथम अधिवेशनको ११ औँ बैठकले दुईवटा विधेयक पारित गरेको छ भने चारवटा विधेयकमाथि छलफल भएको छ ।

आज अपराह्न बसेको प्रदेशसभा बैठकले प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित गरेको हो ।

त्यसैगरी, ११ औं बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले गाउँ, नगर, जिल्ला सभा सञ्चालन कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी र सदस्यहरूले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गरी तीनवटा विधेयक संसदमा प्रस्तुत गर्नुभयो ।

त्यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्नुभयो ।

विशेष समयमा राजधानीको मुद्दा 

संसदको विषेश समयमा बोल्नेक्रममा सांसदहरूले प्रदेशको राजधानीको नामाकरण र स्थान छिटो तोक्नुपर्ने, भूकम्प पीडितको राहत र बलात्कार लगायतको बिषयमा बोल्नुभएको थियो ।

बैठकमा प्रदेशसभा सदस्य रिया केसी, केशव पोखरेल र केशवराज पाण्डेले प्रदेशको राजधानी र नामकरण छिटो तोक्न बैठकमा आग्रह गर्नुभयो । उहाँहरू तीनजनाले नै राजधानी हेटौंडा अथवा जहाँ तोकिए पनि स्वीकार्य हुने बताउनुभयो ।

सांसद रिता माझीले हिन्दुहरूको पर्वमा बिदा कटौती गरिएको तर क्रिस्मशलाई कटौती नगरिएकोमा आपत्ति जनाउनुभयो । सांसद रिना गुरुङले सरकारले वर्षा लाग्नु पहिले नै विपद् व्यवस्थापनको तयारी तथा सडक निर्माण कार्य समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद रामलाल महतोले चितवन राष्ट्रिय निकुञ्जको वन्यजन्तु संरक्षण ऐन–२०२९ खारेज वा संशोधनको माग गर्नुभयो ।

सांसद रिया केसीले बलात्कारका घटना हुन नदिन प्रदेश सरकार गम्भीर हुनुपर्ने र दोषीलाई फाँसीको सजाय हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

बागमतीका सभामुखले बोलाए सर्वदलीय बैठक, सहमति कार्यान्वयन हुनुपर्ने माओवादीको अडान

बागमती प्रदेशमा चल्ने सार्वजनिक गाडीको भाडा घट्यो

किसानलाई बाख्रा र धानको बीउ

रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज, उपत्यकामा सार्वजनिक बिदा

कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण

बिहे नगरी ‘बिए’ उत्तीर्ण गर्ने किशोरीलाई प्रोत्साहन स्वरुप एक लाख

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com