ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावअघि जनार्दनलाई झट्का, प्रलोपा गण्डकी अध्यक्ष यज्ञ बल्लभ नेकपामा प्रवेश


एबीसी न्यूज
फाल्गुन १८, २०८२ सोमबार  ५ : ५७ बजे

बागलुङ। प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई गण्डकी प्रदेशमा ठूलो झट्का लागेको छ। पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष यज्ञ बल्लभ शर्मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

जनार्दन शर्माका नजिकका सहयात्री मानिने शर्मा चुनावको मुखमै पार्टी परित्याग गर्दै पुरानै राजनीतिक धरातलमा फर्किएका हुन्। उनलाई नेकपाका नेता दीनानाथ शर्मा र हितमान शाक्यले स्वागत गरेका थिए।

तत्कालीन नेकपा माओवादीबाट अलगिएर जनार्दन शर्माले गठन गरेको प्रलोपामा सक्रिय रहेका शर्मा आइतबार औपचारिक रूपमा प्रलोपा परित्याग गर्दै नेकपामा आबद्ध भएका हुन्।

नेकपामा प्रवेशपछि उनले बाबुराम भट्टराई र जनार्दन शर्माले मार्क्सवादी सिद्धान्त परित्याग गरेको तथा समाजवादी आर्थिक कार्यक्रमसमेत स्पष्ट रूपमा प्रस्तुत गर्न नसकेको आरोप लगाए। प्रलोपाले मार्क्सवादी सिद्धान्त र समाजवादी अर्थनीति त्यागेकाले आफू पुनः नेकपामा फर्किएको उनको भनाइ थियो।

बागलुङका शर्मा भारतमा तत्कालीन नेकपा माओवादीको ‘एकता समाज’ अभियानदेखि नै सङ्गठन निर्माणमा सक्रिय अनुभव भएका नेता मानिन्छन्।

यसैबीच, निसीखोला–१ लेवाङका नेकपा एमालेका गण्डकी प्रदेश सदस्य अमरसिंह घर्ती पनि नेकपामा प्रवेश गरेका छन्। चुनावी माहोल तातिरहेका बेला भएका यी प्रवेशलाई गण्डकी प्रदेशको राजनीतिक समीकरणमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रामेछापदुर्घटना : मतदान अधिकृतसहित २ को मृत्यु, ७ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

होली शान्तिपूर्ण: पक्राउ र ट्राफिक नियम उल्लंघनका घटना शून्य

सम्बन्धित

रामेछापदुर्घटना : मतदान अधिकृतसहित २ को मृत्यु, ७ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

होली शान्तिपूर्ण: पक्राउ र ट्राफिक नियम उल्लंघनका घटना शून्य

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

ट्रम्पको युद्ध तरिका

कांग्रेसको प्रस्ताव: बाकस खोल्नुअघि फागुन २२ गते राष्ट्रिय संवाद गरौँ — विश्वप्रकाश शर्मा

निर्वाचन सामग्री बोकेको गाडी रामेछापमा दुर्घटना, एक प्रहरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com