हेटौंडा, १० फागुन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका –७ बिजौनामा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
आइतबार बिहान ७ बजे वीरगंजबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख ००५४ नं।को यात्रुबाहक बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युतको पोलमा ठोक्किँदा २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अहिले घाइतेहरूको उद्धार गरी उपचारको लागी चितवनतर्फ पठाइसकिएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्